Hindu Online Tv

२०८३ श्रावण १४ बिहीबार १७:२६ गते

काठमाडौंले चितवनलाई दियो ११२ रनको चुनौती

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
२ मिनेट पढ्ने समय

काठमाडौं -नेपाल प्रिमियर लिग ९एनपिएल०को दोस्रो खेलमा काठमाडौँ गुर्खाजले चितवन राइनोजलाई ११२ रनको चुनौती दिएको छ। सोमबार बिहान कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय )टियु) मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको काठमाडौंले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १११ रन बनाएको हो ।

काठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक २९ रन बनाएका थिए । क्रिजमा टिकेर खेलका महर्जनले ४१ बलको सामना गर्दा एउटा मात्र चौका प्रहार गरे। माइकल लेभिटले १६ बलमा २५ रन बनाउँदा चार चौका र एक छक्का हिर्काए।

शंकर रानाले १६ रन जोडेको खेलमा डान डौथवेटले नटआउट १८ बलमा १९ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन्। पावर प्लेमै काठमाडौंको चार विकेट लिएको चितवनले काठमाडौंमाथि खेलको सुरुमै दबदबा बढाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.