स्वर्णलक्ष्मीबाट गोरखा मिडिया नेटवर्कमा १ करोड ८२ लाख अपचलन गरेको अनुसन्धान निष्कर्ष
काठमाडौं-काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कमा १ करोड ८२ लाख अवैध तरिकाले लगेर अपचलन गरेको भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले त्यसबारे अनुसन्धान गरिरहेको छ ।
६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीबी राई र पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा संयुक्त रूपमा प्रवाह भएको ऋण पनि नतिरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।
राई र लामिछानेले लगेको रकमसहित सहकारीबाट गोरखा मिडियामा गएको १ करोड ८२ लाख फिर्ता नगरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । लेखापरिक्षण प्रतिवेदनबाट पनि सो कुरा पुष्टि भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
पूर्व डीआईजी छविलाल जोशीको घरबाट बरामद गरिएको स्वर्णलक्ष्मीको सफ्टवेयरको डीएफएल रिपोर्ट पनि काठमाडौँ प्रहरीले मगाएको छ ।
जिल्ला प्रहरी कार्यालय पोखराबाट सो रिपोर्ट मगाएर त्यसबारे अनुसन्धान भइरहेको बताइएको छ । जीबी राईसहित २२ जनालाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । स्वार्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया