Hindu Online Tv

२०८२ फाल्गुन १८ सोमबार १६:०७ गते

पशुपती मित्रपार्कको निखिलेश्वर मन्दिर संग सम्वन्धित श्रेष्ठले करौडौ ठगीमा प्रकाउ

हिन्दु अनलाईन टिभी
४ हप्ता अगाडि
३ मिनेट पढ्ने समय

काठमाण्डौ/माघ१८ गते-धादिङ्ग नेत्रावती डबजोङ्ग गाउॅंपालिका-५ कटुञ्जे घरभई पशुपति क्षेत्रको मित्रपार्क स्थित निखिलेश्वर मन्दिर संग सम्वन्धित सनातन शक्ती नेपाल नामक धार्मिक संस्थाको अध्यक्ष बताउने राजकुमार श्रेष्ठलाई काठमाण्डौ प्रहरी परिसरले प्रकाउ गरेको छ।                                    अभियुक्त श्रेष्ठले  नेपाली सेनामा कार्यरत कर्मचारीहरुलाई जीवन विमा गराईदिने भन्दै श्रेष्ठ अध्यक्ष रहेको संस्थाका महासचिव शिवराज गजुरेल मार्फत एकजना जीवन विमा कम्पनीका अभिकर्तावाट १ करोड ५० लाख ५० हजार रूपैया ठगी गरेको पाईएको छ।                                                                                                     प्रहरीले ठगी गरेको  निवेदन प्राप्त गरेपछि अभियुक्त श्रेष्ठलाई काठमाण्डौ प्रहरी परिसरले प्रकाउ गरेको हो, श्रेष्ठलेनेपाली सेनाका उच्च अधिकारीहरु कृष्णवहादुर जिसी,गौरववहादुर केसी, शुसिलसिंह राठौरको हस्ताक्षर जस्तो देखिने पत्र देखाएका थिए।                                     त्यस क्रममा रक्षा मन्त्रालयको ६ वटा पत्र बनाएका थिए,अभियुक्त श्रेष्ठका विरुद्ध प्रहरीले ठगी सहित कित्ते दस्तावेज सम्वन्धी मुद्दा चलाएको छ स्मरण रहोस मित्रपार्क स्थित निखिलेश्वर महादेव मन्दिरको जिर्णोद्धार नेपाली सेनाको सहयोगमा सम्पन्न भएको थियो त्यसवेला वाटै उक्त मन्दिरको तालाचाबी श्रेष्ठको नै नियन्त्रण रहदै आएको छ।                                                                                                 हाल मन्दिरको चावी पशुपति ईटापाखाका एक ज्योतिषलाई केहि समय अगाडी आफुलाई ब्लड क्यान्सर भएकोले उपचारका लागि भारत जान लागेकोले भन्दै चांबी छोडेर सम्पर्क बिहिन बनेका श्रेष्ठलाई प्रहरीले करोडौ ठगी अभियोगमा प्रकाउ गरेपछि ज्योतिष अक्क न बक्क बनेका छन्।                                                                  पशुपतिनाथको विकास गर्न गठित पशुपति क्षेत्र विकास कोषका केहि पदाधिकारी एवं कर्मचारी आजपनि भ्रष्टाचारको मुद्बामा विशेष अदालतको कठघरामा रहेका छन् त्यसै क्रममा मन्दिर संरक्षण गर्छु भन्ने राजकुमार श्रेष्ठ जस्ताका कारणले पशुपति क्षेत्रमा केके गर्दा रहेछन भन्ने चर्चा सुनिदैछ पशुपति क्षेत्रको गरिमा प्रतिष्ठा एवं आस्थालाई कमि हुन नदिन तत्काल यथोचित कदम चाल्न सम्वन्धित सरोकार पक्षले ध्यान दिनु जरुरी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.