धामी,झाक्री,माता गुरुहरुको भेला पशुपतिमा
काठमाण्डौं/पौष ९ गते-राजधानीको पशुपति ईटापाखा स्थित विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समितिको कार्यालय रहेको स्थलमा वैदिक,बौद्ध, जैन,शिख,बोन,किराॅंत,प्रकृति पुजक लगाएतका ॐकार परिवार भित्रका धामी, झांकी,गुरु,माता,ज्योतिष,पण्डित,कथा व्यासहरुको साझा संस्थाको रुपमा जिल्ला प्रसासन कार्यालय काठमाण्डौंवाट बैधानिकता प्राप्त गरी प्रचलित कानुन अनुसार समाज कल्याण परिषद,काठमांडौं महानगरपालिका र आन्तरिक राजस्व कार्यालयवाट समेत वैधानिकता पाएको ओम सनातन संस्कृति समाज नेपाललले बृहत भेला आज बुधवार आयोजना गरयो। भेलाले देशैभर संगठन विस्तार गर्नेक्रममा काठमाण्डौको विभिन्न स्थानममा रहेकाहरुलाई संस्थाको स्विकृत विधान अनुसार आजिवन सहितका सदस्यता प्रदान गरेको थियो समाजका केन्द्रीय अध्यक्ष रोजवहादुर मोक्तानले सदस्यता प्रमाणपत्र, परिचय पत्र प्रदान गरेका थिए उक्त अवसरमा प्रचलित ऐन कानुन अनुसार सरकारी निकायवाट वैधानिकत मान्यता प्राप्त गरेको संस्थामा आवद्ध कुनैपनि धामी,झांकी,माता,गुरु,पुरोहित,व्यास,पण्डित, ज्योतिषहरुको आश्रममा गैरकानुनी ढंगवाट अनुगमनका नाममा कोही कसैवाट ज्यादती भए कानुनी र अन्य सवै प्रकारवाट प्रतिरोध गरिने निर्णय समेत भेलाले गरेको छ। आउॅंदो आईतवार संस्थाका नवनियुक्त पदाधिकारीहरुको सपथ ग्रहण गरी सोमवार पत्रकार सम्मेलन गर्ने समेत भेलाले निर्णय गरेको छ,आजैको काठमाण्डौं,ललितपुर,तनहुॅं,रामेछाप एंव दोलखामा बृहत भेला सहित जिल्ला समितिको निमार्ण गर्ने समेत निर्णय गरेको संस्थाका सचिव शीला लामिछानेले जानकारी दिएकी छिन उनका अनुसार आजको भेलावाट दर्जनौ धामी,झांकी,माता,गुरुहरुले आजिवन सदस्यता लिएको जानकारी समेत दिईन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया