विश्व हिन्दु महासंघ नेपाल काभ्रे जिल्ला समितिमा नयाॅं नेतृत्व
काभ्रे बनेगा/माघ १० गते-विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिको काभ्रेपलाञ्चोक जिल्ला समितिको चौथो जिल्ला अधिवेशन तथा बनभोज कार्यक्रम-२०८२काभ्रेको बनेपास्थित गोसाईकुण्ड नैमिषारण्य गुरुकुल बुडोलमा आयोजित सम्मेलनले केशवप्रसाद बडालको नेतृत्वमा निर्विरोध जिल्ला समिति चयन गरिएको छ। विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका अध्यक्ष डा.रामचन्द्र अधिकारीको प्रमुख आतिथ्यमा आयोजित एक समारोहमा विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समितिका अध्यक्ष सागर थापा,ओम सनातन संस्कृति समाज नेपालका अध्यक्ष रोजवहादुर मोक्तान,विश्व हिन्दु महासंघ नेपालका सचिव प्रविण धिताल, विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति पनौती नगर समितिका अध्यक्ष मोहनवहादुर बस्नेत,विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति बागमती प्रदेश कोषाध्यक्ष राजु बस्नेत,विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समितिका सचिव विश्वनाथ भटृराई,विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय महिला समितिका अध्यक्ष दुर्गा देवकोटा लगाएत संयौ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। अधिवेशनलाई शुभकामना दिदै महासंघका अध्यक्ष पूर्वमन्त्री डा.रामचन्द्र अधिकारीले सनातन धर्म संरक्षण गर्ने दिशामा सवै एक हुनुपर्ने बताउनु भयो यस्तै युवा अन्तर्राष्ट्रीय समितिका अध्यक्ष सागर थापाले सम्पूर्ण ॐकार परिवार एक हुनुपर्ने आउॅंदो निर्वाचनमा धर्म निरपेक्षतावादी मतदान नगर्न अपिल गर्नुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया