विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समितिले आफ्नो सदस्यहरुलाई लाखौं लाखको जीवन वीमा र दुर्घटना वीमा लागु गदै
काठमाण्डौं/मङ्गसिर १५ गते- विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समितिले संघको सिंगापुर राष्ट्रिय समितिको सौजन्य सहयोग तथा विश्व हिन्दु समन्वय संघको समन्वयमा आउॅंदो पौष गतेवाट लागु हुनेगरी जिवन वीमा र दुर्घटना वीमा लागु गरेको छ। संघले आज जारी गरेको विज्ञप्तिका अनुसार विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समितिको गत २०८२ कार्तिक मसान्त सम्म नियमानुसार आजिवन सदस्यता एवं केन्द्रीय समिति, राष्ट्रिय समिति र महिला समितिका पदाधिकारी एवं सदस्यहरुका हकमा पहिलो चरणमा जीवन वीमा बाफत ५ लाख र दुर्घटना वीमा बाफत १ लाखको वीमा हुने जानकारी दिएको छ। वीमा सुविधाका लागि संघका संस्थापक सदस्य,आजिवन सदस्य,पदाधिकारी एवं सदस्यहरुले सदस्यता प्रमाणपत्र,नागरिकताको फोटोकपी र मेडिकल रिपोर्ट सहित संघको कार्यालय पशुपतिमा २०८२ मङ्सीर मसान्त भित्र सम्पर्क राख्न समेत अनुरोध गरेको छ। वीमा बाफत कुनैपनि रकम भुक्तानी गर्न नपर्ने नि: शुल्क संघको तर्फवाट व्यवस्था गरिएकको संघले स्पष्ट पारेको छ पदाधिकारीहरुका हकमा नियुक्ती पत्र वा प्रमाणित पत्र पेश गर्न समेत संघले जानकारी गराएको छ। यस्तै संघले २०८२ कार्तिक मसान्त पछिका सदस्यता लिनेहरुका हकमा अक्रो सुचनापछि मात्र यो सुविधा दिन सकिने जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया