संविधान शंशोधन कार्यदललाई”सनातन हिन्दु अधिराज्य नेपाल” सहित धामी/झांकी,गुरु पुरोहितको संरक्षणको माग गदै सुझाव
काठमाण्डौं/जेठ १४ गते-नेपालको संविधान २०७२ लाई सवै नेपाली नागरिकको सहभागिता सहितको संशोधन माग गदै प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सलाहकार अशिम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल-२०८२ लाई आज विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समितिको सक्रियतामा प्रमुख तीन धार्मिक संघसंस्थाहरुले नेपालको संविधान-२०७२ मा सनातन हिन्दु अधिराज्य नेपाल राख्नुपनै सुझाव सहित तीन प्रमुख धारा संशोधनको प्रस्ताव पेश गरेको छ। विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समितिका अध्यक्ष सागर थापा,ओम सनातन संस्कृति समाज नेपालका अध्यक्ष रोजवहादुर लामा(मोक्तान)र नेपाल तान्त्रिक झाक्री संघका अध्यक्ष वरिष्ठ झांकी प्रकाश भुजेलद्धारा हस्ताक्षरित संशोधन प्रस्तावमा नेपालको संविधान -२०७२ को प्रस्तावनामा बहुजातिय,बहुभाषिक”सनातन हिन्दु अधिराज्य नेपाल” बहुसांस्कृतिक, भौगोलिक विविधतायुक्त विशेषता संशोधन हुनुपनै भन्दै नेपालमा विश्वका सनातनी हिन्दुहरुका ज्ञानभूमि,तपोभूमि,शान्ति भूमि,शान्तिका अग्रदूत भगवान बुद्ध, जगज्जननी माता सीताको जन्मभूमि एवं देवका महादेव भगवान श्रीपशुपतीनाथ, मुक्तिनाथ,विराजित विश्वमा एकमात्र शालिकराम पाईने नदी,वेदको उद्गमस्थल रहेको सनातन प्रचिन पवित्र स्थलहरुद्धारा सुशोभित नेपाल राष्ट्र सनातन कालदेखि वैदिक,बौद्ध,जैन,शिख,बोन,किराॅंत,प्रकृतिपुजक सहितका ओमकार परिवारको साझा राष्ट्र नेपाल रहेको परिभाषामा उल्लेख गरेका छन्। त्यस्तै संघसंस्थाहरुले संविधानको भाग-१ प्रारम्भिकको धारा -४ मा संशोधन सुझाव दिएका छन १.नेपाल स्वतन्त्र अभिभाज्य सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्षको स्थानमा “सनातन हिन्दु अधिराज्य नेपालको माग गदै सनातन हिन्दु अधिराज्य नेपाल भन्नाले सनातन देखि चलिआएको धर्म संस्कृतिको संरक्षण, सनातन देखि मान्दै आएको धामी/झांकी,गुरु पुरोहितको संरक्षण गदै परम्परा र संस्कृतिको धार्मिक सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्दछ भनिएको छ। सुझावको तेश्रो बुंदामा संविधानको धारा २६ (३)मा रहेको प्रदत्त हक प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भङ् गर्ने किर्याकलाप गर्न,गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्नेल काम वा व्यवहार गर्न वा गराउन हुदैन र त्यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ भन्ने धारामा कसैको धर्म परिवर्तन गराउने,अर्काको धर्ममा खलल पुराउने वा सो प्रयोजनका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रलोभन,दलाल,प्रभाव वा संगठित गतिविधि संचालन गर्ने कार्य निषेध गरिनेछ र त्यस्तो कार्य नेपालको प्रचलित कानुन बमोजिम दण्डनीय अपराध हुने वा मानिने छ भन्ने संशोधन सुझाव दिदै प्रलोभन,विभिन्न नाम परिवर्तन गरी झुक्काएर,डरत्रास देखाएर गरिने धर्म परिवर्तनले सामाजिक सद्भाव परम्परा विगार्ने हुॅंदा यसलाई रोक्न आवश्यक छ। धर्मान्तरणले गर्दा सामाजिक,धार्मिक सद्भावमा गम्भीर खतरा उत्पन्न हुन सक्ने देखिन्छ भनि सुझाव दिएका छन। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको संविधान-२०७२ लाई संशोधन गदै सवै नेपाली नागरिकलाई संविधानमा अपनत्व हुनेगरी संशोधन गर्नुपर्ने विचारका कार्यदल बनाएका हुन धार्मिक संघसंस्थाहरुले दिएका सुझाव सरकारले महत्वका साथ लिएर संविधान संशोधनमा समावेस गर्न सकेमा सनातनदेखि मान्दै आएको विश्वको एकमात्र सनातन हिन्दु अधिराज्य नेपालको पहिचान स्थापित हुनषक्छ तसर्थ सुझाव केवल ढोग नबनोस।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया