Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार २१:३० गते

उच्च अदालतले रिट खारेज गरेपनि पाण्डे निलम्वन नहुने

हिन्दु अनलाईन टिभी
५ महिना अगाडि
२ मिनेट पढ्ने समय

काठमाण्डौं/कार्तिक १२ गते काठमाण्डौं महानगरपालिका सुरक्षा बल प्रमुख एस.एस.पी राजुनाथ पाण्डेले आफुलाई गैरकानूनी ढंगवाट महानगरपालिकाका कार्यकारी अधिकृत सरोज गुरागाईले गत जेठ ६ गते अनुशासन विपरित कामकाज गरेको आरोप सहित ६ महिनाको निलम्वन गरेपछि उच्च अदालत पाटनमा अन्तरिम आदेश माग गरेर रिट दायर गरेका थिए।                                                                                                                 पाण्डेको माग अनुसार अदालतले सुरक्षा बल प्रमुखका रुपमा कामकाज नरोक्न भन्दै महानगरपालिकालाई अन्तरिम आदेश जारी गरिएको थियो आदेश पछि पाण्डेले प्रमुखका रुपमा यथावत रुपमा कामकाज गदै आईरहेका थिए,तर आज उच्च अदालत पाटनका न्यायधिशहरु डालकुमार खड्का र दिपक खनालको संयुक्त इजलासले प्रमुख पाण्डेको पक्षमा यस अघि अदालतले दिएको अन्तरिम आदेश खारेज गरिदिएको छ।                                                                            उच्च अदालतले रिट निवेदन खारेजको आदेश गरेपनि काठमाण्डौं महानगरपालिकाले बनाएको छानविन समिति ले प्रमुख पाण्डेलाई निलम्बन कारवाही गर्न नपर्ने निर्णय समेत पेश गरेको छ त्यसैले रिट निवेदन खारेज भएपनि उनी निलम्बन नहुने सुत्रले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.