Hindu Online Tv

२०८२ फाल्गुन १८ सोमबार १६:०८ गते

सहकारी प्रकरण: छविलाई पोखराबाट पर्सा लगियो, रविलाई पनि लैजाने तयारी

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
१ मिनेट पढ्ने समय

काठमाडौं -सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिएको छ । पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पूर्जी जारी भएकाले उनीहरुलाई पर्सा लगिएको हो ।

उनलाई आइतबार बेलुका पोखराबाट गाडीको बाटो हुँदै आज बिहान पर्सा पुर्‍याइएको प्रहरीले जनाएको छ । आज जिल्ला सरकारी वकिलको कार्यालयमा उनको बयान लिइने छ । त्यसपछि पुनः पोखरा फर्काइने छ । रास्वपा सभापति रवि लामिछानेलाई पनि पोखराबाट पर्सा लैजाने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.