Hindu Online Tv

२०८३ श्रावण १५ शुक्रबार २०:२४ गते

एमालेले आज शक्ति प्रदर्शन गर्दै, सडकमा एकलाख मानिस उतार्ने

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
२ मिनेट पढ्ने समय

काठमाडौं-सत्तारुढ नेकपा एमालेले आज काठमाडौंमा जागरण सभामार्फत् ‘शक्ति प्रदर्शन’गर्दैछ ।

देशमा केही भएको छैन भन्ने जबरजस्ती भाष्य बनाउँदै अराजकतावादीले निराशा छर्न खोजेको ठहरसहित सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ।

देश बन्दै छ, हामी बनाउँछौँ’ भन्ने सन्देश जनतालाई दिनुपर्ने सरकारमा हुने दलहरूको जिम्मेवारी भएकोले एमालेले सभा गर्न लागेको एमालेले जनाएकोृ छ ।

एमालेले जागरण सभामा कार्यकर्ता र समर्थक गरी १ लाख उतार्ने लक्ष्य लिएको छ । उपत्यकाको तीन जिल्ला,जनसंगठन, सम्पर्क कमिटीसहितको उपस्थिति हुने भएकाले त्यति संख्या पुर्‍याउने दाबी गरिएको छ।

जागरण सभाका संयोजक स्थायी कमिटी सदस्य डा. राजन भट्टराईलाई तोकेको थियो। तर आईसीएपीपीको अधिवेशनमा सहभागी हुन कम्बोडिया उडेपछि अहिले बागमती अध्यक्ष कैलाश ढुंगेललाई उक्त जिम्मेवारी दिइएको छ ।

भद्रकालीबाट सुरू हुने जुलुस, न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क घुमेर दरबारमार्गको सडकमा सभामा परिणत हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.