सरकार,पार्टी र जेन्जी अभियान्ताहरुको बैठक प्रधानमन्त्री निवासमा जारी
काठमाण्डौं/कार्तिक १२ गते- प्रधानमन्त्री शुसिला कार्कीको आव्हानमा आज बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकारका प्रधानमन्त्री सहितका मन्त्रीहरु,विभिन्न राजनैतिक पार्टीहरुका प्रतिनिधि एवं जेन्जी आन्दोलनका घाइते र अभियान्ताहरुको संयुक्त बैठक बसि रहेको छ। जेन्जी आन्दोलनका घाइते एवं अभियान्ताहरुले जेन्जी युवाहरुको भावना र मर्म अनुसार सरकार र राजनैतिक पार्टीहरु अगाडी बढ्न नसकेको सहिदको अपमान गदै घाईतेहरुलाई पार्टीका नेताले अपमान गर्दा समेत दल र सरकार मुकदर्शक बनेको प्रति आपत्ति जनाईएको बताईन्छ। सरकार पार्टीहरुरे जन भावनालाई सम्वोधन नगरी केवल निर्वाचनको ढ्वाङ्ग मात्र पिट्दै अगाडी बढिरहे त्यसको नतिजा राम्रो नहुने चेतावनी जेन्जीहरु उठाएको सुत्रले बताएको छ बैठक अहिले जारी रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया