Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार २२:११ गते

एनपीएल: जनकपुरविरुद्ध सुरुमा ब्याटिङ गर्दै पोखरा

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
१ मिनेट पढ्ने समय

काठमाडौं :नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत बिहीबार बिहानको खेलमा पोखरा एभेन्जर्सले सुरुमा ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर फिल्ड रोजेपछि पोखराले सुरुमा ब्याटिङ गर्ने भएको हो । जनकपुरको नेतृत्व अनिल साहले गर्दैछन् भने पोखराको कप्तान कुशल भुर्तेल छन्।

यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको जनकपुर तेस्रो जित निकाल्ने योजनामा रहँदा पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको पोखरा पहिलो जितको खोजीमा रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.