भोलिवाट काठमाण्डौंको तिन क्षेत्रमा प्रर्दशन गर्न दिइने
काठमाण्डौं/जेठ १८ गते-जिल्ला प्रसासन कार्यालय काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले स्थानिय प्रसासन ऐन २०२८ को दफा ६ को उपदफा (३-क)बमोजिमको भन्दै आदेश जारी गरेर काठमाण्डौं जिल्लाको चक्रपथ र चक्रपथ भित्रका सार्वजनिक स्थानमा जम्मा भेला भई अनबन,वर्ना,घेराउ,जुलुस प्रर्दशन तथा सभा लगाएतका विरोधका कार्यक्रमहरु भोलि मिति:२०८२/२/१९ गते सोमवारवाट बढिमा २ महिनाको लागि तोकिएको तीन स्थानमा बाहेकका अन्य क्षेत्रमा निषेध गरेको छ। प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार सिफल चौर, कोटेश्वर आकाशेपुल वाट दक्षिण बालकुमारी जाने मुलबाटोको पूर्व र बल्खुमा भने विरोधका कार्यक्रम शान्ति पूर्ण ढंगवाट गर्न दिइने बताएका छन् चारदिन देखि राजा सहितको हिन्दु अधिराज्यको माग लिएर राप्रपा, राप्रपा नेपाल सहितको संयुक्त जन आन्दोलन समितिको आयोजनामा दिनहुं राजधानी केन्द्रीत आन्दोलन हुदै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया