Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार २१:०६ गते

राज्यद्वारा मधेशी समुदायलाई अझै विभेद कायम रहेको छ : उपेन्द्र यादव

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
२ मिनेट पढ्ने समय

काठमाडौं-जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसका जनतामाथि राज्यद्वारा शदियौदेखि हुँदै आएको विभेद, असमानता र उपेक्षा अझै कायम रहेको बताउनु भएको छ ।

जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला कमिटीले आज रौतहटको गढिमाई नगरपालिका – ८ विरनगरामा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताउनु भएको हो ।

उहाँले मधेशी समुदायले जनसंख्याको आधारमा विकास बजेट, राज्यको सबै निकायमा सम्मानजनक भागीदारी, समान प्रतिनिधित्व, अवसर, आफ्ना शासन, प्रशासन, नीति, कानुन बनाउने अधिकार नपाएसम्म आफूहरुको संघर्ष जारी नै रहने बताउनु भयो ।

उहाँले राज्यले सधैं मधेश र मधेशी जनतालाई अपेक्षा गर्दै आएको कारण मधेशमा सोचे जस्तो विकास हुन् नसकेको तथा मधेशी जनता अझै अधिकारसम्पन्न हुन् नसकेको गुनासो गर्नुभयो ।

देशको आधीभन्दा बढि जनसंख्या मधेश प्रदेशमा भएपनि सरकारले जनसंख्याको आधारमा विकास बजेट नदिदा विकाशमा मधेश पछाडि परेको उहाँको भनाई छ ।

मधेशमा लगभग ५४ प्रतिशत जनसंख्या भएपनि शासक वर्गले १२ प्रतिशत मात्र रकम विकासका लागि छुट्याउने गरेका कारण मधेशमा सोचे जस्तो विकास हुन् नसकेको उहाँले बताउनु भयो ।

१२ प्रतिशत मात्र बजेटले ५४ प्रतिशत जनसंख्या भएको मधेश प्रदेशको कसरी विकास हुन्छ भन्दै उहाँले प्रश्न समेत गर्नु भयो । मदेश र मधेशी जनता सधैं शासक वर्गको गुलाम बनिरहोस्, मधेशमा विकास नहोस भन्ने उद्देश्यले नै राज्यले मधेशमा लगानी गर्न नचाहेको उहाँले टिप्पणी गर्नु भयो । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.