गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन
काठमाडौं -गण्डकी प्रदेशको प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा गएराति निधन भएको छ । उहाँको उपचारकाक्रममा काठमाण्डौको ग्राण्डी अस्पतालमा निधन भएको जनाइएको छ ।
म्याग्दी घर भएकी गौचन गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुनुहुन्थ्यो । केही दिन अघि उहाँलाई डेङ्गी सङ्क्रमण भएको थियो । गौचनका छोरा अमेरिकाबाट फर्किएपछि मात्रै अन्त्येष्टि गरिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया