Hindu Online Tv

२०८२ माघ २ शुक्रबार ००:२५ गते

धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त, चलखेल भएको माओवादीको आरोप

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
२ मिनेट पढ्ने समय

काठमाडौं -सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डको अध्यक्षमा श्रेष्ठलाई नियुक्त गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा रहेको सिफारिस समितिले अस्ति सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा।नवराज अधिकारीको नाम सिफारिश गरेको थियो । श्रेष्ठ पेट्रोल पम्प व्यवसायी हुनुहुन्छ । उहाँ यअसघि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्य पनि हुनुहुन्थ्यो ।

गएको वर्ष रमेशकुमार हमालको पदावधि सकिएपछि रिक्त रहेको पदमा पदपूर्ति नहुँदा शेयर निस्कासनको अनुमति तथा दीर्घकालिन योजानाका काम प्रभावित हुँदै आएका छन् । धितोपत्र बोर्डको अध्यक्ष निकै शक्तिशाली मानिन्छ । यसमा करोड मात्रै नभई अर्बौँ रुपैयाँको खेल भएको माओवादी केन्द्रले आरोप लगाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.