Hindu Online Tv

२०८२ माघ १ बिहीबार २२:५६ गते

पशुपतिमा नागरिक उन्मुक्ती पार्टी सदस्य सचिव !

हिन्दु अनलाईन टिभी
६ महिना अगाडि
२ मिनेट पढ्ने समय

काठमाण्डौ/असार १६ गते-पशुपति क्षेत्रको बिकास गर्न भन्दै गठित पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा कोषका कार्यकारी निदैशक सुवास चन्द्र जोशीलाई आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेले नियुक्त गरेका छन्।                                                                                                                     निमित्त सदस्य सचिवमा नियुक्त भएका जोशी सत्ताघटक पार्टी राष्ट्रीय उन्मुक्ती पार्टीको सिफारिशमा नियुक्त भएको सुत्रले दावी गरेको छ,कोषका सदस्य सचिव डा.मिलनकुमार थापा,प्रसासन प्रमुख रेवतीरमण अधिकारी लगाएतका व्यक्तिहरुले विधुतिय शवदाह मेशिन खरिद प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा गत असार ७ गते मुद्धा दायर गरेपछि निलम्बन परेपछि रिक्त रहेको पदमा जोशी नियुक्त भएका हुन।                                                                                          निमित्त सदस्य सचिवमा नियुक्त भएका जोशीलाई उक्त पदमा स्थापना गर्न सूदूरपश्चिमका नेताहरुले दौडधुप गरेको चर्चा चलेको थियो,हुनत कार्यकारी निदैशकलाई पदाधिकारी नियुक्त गर्न नहुने वा हुने त्यो पनि भोलिका दिनमा अवश्य निराकरण हुदै जानेछ नेपाली कांग्रेस काठमाण्डौं निवार्चन क्षेत्र नं.४ र कामपा वडा नं.८ कांग्रेस भने जोशीको नियुक्ती भन्दापनि मन्त्री बद्रीप्रसाद पाण्डे प्रति निरास देखिएका छन्।                                                                                नवनियुक्त निमित्त सदस्य सचिवको कार्यकाल आउॅंदो भदौ १८ गते सकिने छ करिव  दुई महिना निमित्त  सदस्य सचिव भएका जोशी कामकाज गर्न निश्चय पनि चुनौतीको चाङ्ग छ,बिचौलिया अनि अख्तियारको धक्कु लगाउंदै विभिन्न ठेक्कापट्टामा अनियमितता गरेको आरोपितहरुले माला र खादाको स्वागत गलामा  पासो नबनोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.