Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार १६:२४ गते

पशुपतिका विकृति बिसंगतीका कडा ध्यानआकृष्ट

हिन्दु अनलाईन टिभी
१० महिना अगाडि
२ मिनेट पढ्ने समय

काठमाण्डौं/जेठ ११-पशुपति बचाउॅं समितिले आज आईतवार पशुपति क्षेत्रमा शवदाह गर्नका लागि खरिद गरिएको विद्युतिय शवदाह मेशिन खरिद प्रकरण, निर्धारित समय-सीमा भन्दा बढि समय महाशिवरात्री पर्वमा मेला बजार सञ्चालन प्रकरण, महालेखा परिक्षक कार्यालयको प्रतिवेदनले कमसल सामग्रीवाट जडित प्लिजिङ् लाईट प्रकरण,करौडौं खर्चेर रोपिएको दर्जन वृक्षारोपण प्रकरण लगाएतका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगवाट प्रभावकारी अनुसन्धान कारवाही ढिलाई हुनुलाई ध्यान आकृष्ट गरेको छ।                                                                                       समितिका अध्यक्ष अधिवक्ता राकेश यादव,सचिव अधिवक्ता सुश्री उमा श्रेष्ठका साथ सदस्यहरु अधिवक्ता मोहन सिंह, अधिवक्ता तिर्थ थापा, अधिवक्ता हरि ढकाल, अधिवक्ता बिमल राय सहितको प्रतिनिधि मण्डलले आयोग पुगेर ध्यान आकृष्ट गरेको अध्यक्ष यादवले बताउनु भयो।                                                                             समितिको निर्णय अनुसार भोलिवाट राष्ट्रपति,प्रधानमन्त्री,संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री,संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनैतिक दलका अध्यक्ष तथा सांसदहरु एवं संसदका सरोकार रहेका समितिहरु लगाएत राष्ट्रीय सर्तकर्ता केन्द्रलाई समेत प्रभावकारी कारवाहीका ध्यान आकृष्ट गराउने यदि सो कार्यक्रमवाट समेत पशुपतिनाथको वेतिथी र विकृति रोक्न पहल नभएमा अन्य दवाव मुलक कार्यक्रम गर्ने समेत योजना रहेको अध्यक्ष यादवले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.