Hindu Online Tv

२०८२ मंसिर ९ मंगलवार ०८:१० गते

पशुपतिनाथ जोगाऔं भन्दै बृहत समितिले कार्यक्रम घोषणा

हिन्दु अनलाईन टिभी
६ महिना अगाडि
३ मिनेट पढ्ने समय
काठमाडौँ/जेठ ७- आज बिहान पशुपति क्षेत्रमा आयोजित बृहत भेलाले भगवान श्रीपशुपतीनाथ बिराजित पावनभूमि संरक्षण गदै पशुपतिका नाममा जोडिएर आएका भ्रष्टाचारहरुका विरूद्ध संगठित ढंगवाट कारवाहीको दवाव सिर्जना गर्न अधिवक्ता राकेश यादवको अध्यक्षतामा विभिन्न धार्मिक संघसंस्थाहरुको सहभागितामा ११ सदस्यिय पशुपति बचाउॅं समिति-२०८२ गठन गरिएको छ।                                                                                                              पशुपति क्षेत्र विकास कोष जोडिएर आएका आर्थिक हिनामिना,अपारदर्शी कर्मचारी नियुक्ती, कमिशन काण्ड,जग्गा दर्ता प्रकरण सहितका विभिन्न माध्यमवाट पशुपतिनाथलाई दोहन गदै आएको भन्दै समिति निर्माण गरिएको अध्यक्ष अधिवक्ता यादवले हिन्दु टिभी लाई बताए ।                                                                                     उनका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका नाममा कुनै कारवाही नगरिएकोले अख्तियार प्रमुखलाई ज्ञापन-पत्र बुझाउने,राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सार्वजनिक लेखा समिति, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री, संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरु,का.म.पा.वडा नं.७,८ र सहित महानगरपालिकालाई ध्यान आकृष्ट पत्र बुझाउने जानकारी दिएका छन।                                                                                                                    अख्तियारको एकपछि अक्रो मानमर्दन हुदाॅंसम्म कारवाही गर्न नसक्ने आयोगको निष्पक्षता माथिनै गम्भीर प्रश्न उठ्दै आएको अध्यक्ष यादवले बताए उनका अनुसार आजको भेला पशुपतिनाथ लाई सरोकार र चिन्ता लिनेहरुको विशिष्ट भेला रहेको समेत उनले बताए‌।                                                                 आजकै भेलाले जेठ ११ गतेवाट चरणवद्ध दवावमुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ,सुत्रका अनुसार ज्ञापन पत्र र ध्यान आकृष्ट लगाएतका दवावले काम नगरे भगवान श्रीपशुपतीनाथ जोगाउन सडकवाट समेत दवाव दिने समेत कठोर निर्णय लिएको छ ढिलै भएपनि पशुपतिनाथ जोगाउन नागरिक स्तरवाट दवाव सिर्जना हुने सुखद खवरले सवैमा उर्जा थपिदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2025 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.