राम-जानकी विवाह महोत्सव आज समापन हुँदै
काठमाडौं -जनकपुरधाममा साताव्यापी राम–जानकी विवाह महोत्सव शनिबार समापन हुँदैछ । शुक्रबार पञ्चमी तिथिमा रङ्गभूमि मैदानमा स्वयंवर विधि सम्पन्न भएको थियो भने गएराति नै वैवाहिक कार्यक्रम सम्पन्न गरिएको छ ।
महोत्सवको सातौँ दिन शनिबार भारतको अयोध्याबाट जन्तीका रूपमा आएका साधुसन्तहरूलाई भोजन गराउँदै बिदाइ गरिँदैछ । स्वयंवरका लागि भारतको अयोध्याबाट राम मन्दिर तथा नेपालको जनकपुरस्थित जानकी मन्दिरको डोला रंगभूमि मैदान १२ बिघा आउँछ ।
स्वयंवरपछि दुवै मन्दिरको डोला शोभा यात्रा गर्दै जानकी मन्दिर पुग्छ जहाँ वैवाहिक कार्यक्रमहुने जनाइएको छ । जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रमको समयमा हजारौँ श्रद्धालुको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2025 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया