Hindu Online Tv

२०८३ श्रावण १५ शुक्रबार १९:५५ गते

आज बालाचतुर्दशी :पितृका नाममा शतबीज छरिँदै

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
२ मिनेट पढ्ने समय

काठमाडौं-आज बालाचर्तुदशी पर्व मनाइँदैछ । हिजो त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज बिहानै नदीमा दीप सेलाएर पितृको सदगतिको कामना गर्दै शतबीज छर्दैछन् ।

शिवालयहरुमा रातभर बत्ती बालेर जाग्राम बसेका भक्तजनले आजको दिन बिहान दिवंगत पितृको सदगतिको कामना गर्दै शतबीज छर्ने चलन छ । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा हिजोदेखि नै भक्तजनको भीड लागेको छ ।

काठमाण्डौको पशुपति क्षेत्रका १४ ठाउँमा शतबीज छरिँदैछ । पशुपतिनाथको मूल मन्दिर, बाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकै पुगेर शतबीज छर्ने काम समापन गरिने पशुपति क्षेत्र विकास कोषले सार्वजनिक गरेको शतबीजारोपण मार्गमा उल्लेख छ ।

हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न ठाउँबाट भक्तजन पशुपतिमा आउँछन् । बत्ती बाल्न बस्ने ठाउँ रोक्न हिजो बिहानैदेखि देशका विभिन्न ठाउँबाट आएका भक्तजनको पशुपतिमा भीड लागेको थियो । जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.