Hindu Online Tv

२०८३ भाद्र २८ आईतवार २०:३२ गते

पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जादैँ

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
२ मिनेट पढ्ने समय

काठमाडौं -पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी थाइजेन्ड बुद्ध विहारमा चलिरहेको पूजा सरिक हुन लुम्बिनी जादै हुनुहुन्छ ।

मङ्सिर ४ गतेबाट उक्त विहारमा विश्व शान्तिको कामना र विहारमा स्थापना गरिएका १ हजार बुद्ध मूर्तिको प्राण प्रतिष्ठान पूजा चलिरहेको छ ।

आज उक्त विहारको उद्घाटन सङ्घीय सांसद बाबुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डाक्टर ल्यारल्केल लामा र उक्त विहार प्रमुख छोक्याइ निमा रिम्पुन्छे गर्ने जनाएको छ।

उद्घाटन भएपछि पुर्पुरा पूजामा सरिक हुन पूर्व राजा लुम्बिनी जान ला्गनु भएको हो । ज्ञानेन्द्रको लुम्बिनीमा पूजा बाहेक अन्य कार्यक्रम भएको औपचारिक जानकारी  नआएको लुम्बिनी विकास कोषले जनाएको छ। शाह पूजा सकेर आज नै काठमाडौँ फर्कने योजनामा रहेको बताइएको छ।

महायान परम्परा अनुसार चलिरहेको पूजामा अहिले १२ देशका ६ सय भन्दा धेरै बुद्धिमार्गिहरु सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.