Hindu Online Tv

२०८३ श्रावण १४ बिहीबार १८:११ गते

भोलि जेठ १९ गते उपत्यका बन्द आव्हान

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
२ मिनेट पढ्ने समय

काठमाण्डौं/जेठ १८- राजा सहितको हिन्दु अधिराज्य पुनः स्थापनाको माग लिएर जारी संयुक्त जन आन्दोलनको आज चौथो दिन काठमाण्डौं नक्साल नारायणचौरवाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जान खोजेको आन्दोलनकारीले सरकारले तोकेको निषेधित क्षेत्रलाई तोड्न खोजेका भन्दै पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रीय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा लगाएतका ६ जना लाई प्रहरीले लछारपछार गदै प्रकाउ गरेर प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएको छ।                                                                                                                     प्रकाउ गरिएका पूर्व उपप्रधानमन्त्री थापा सहितका व्यक्तिहरुलाई भेटन पुगेका राष्ट्रीय प्रजातन्त्र पार्टीका नेता प्रतिनिधि सभा सदस्य दिपकवहादुर सिंहलाई समेत प्रहरीले परिसरवाटै प्रकाउ गरी हिरासतमा राखिएको बताइन्छ पूर्व उपप्रधानमन्त्री थापाको मापसे चेक समेत प्रहरीले गरेको छ तर प्रहरीका अनुसार पूर्व उपप्रधानमन्त्री थापाले मापसे नगरेको बताए।                                                                              प्रकाउ परेका पूर्व उपप्रधानमन्त्री थापा, सांसद सिंह सहितका सम्पूर्णलाई विनासर्त रिहा गर्न र प्रहरी दमनका विरुद्ध भोलि जेठ १९ गते सोमवार संयुक्त जन आन्दोलन समितिका संयोजक नवराज सुवेदीको हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत उपत्यका बन्द आव्हान गरिएको छ,भोलि नेपालको इतिहासमा राजा वीरेन्द्र,रानी ऐश्वर्य,राजा दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रृती सहितका राजपरिवारको हत्या गरिएको कालो दिनका रुपमा समेत लिने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.