Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार २१:१४ गते

पशुपतिमा सबौच्च अदालतको आदेश माथि पक्षपात

हिन्दु अनलाईन टिभी
११ महिना अगाडि
३ मिनेट पढ्ने समय

काठमाण्डौ/बैशाख २५ गते -सम्मानित सवौच्च अदालतको आदेशले पशुपति क्षेत्रको चारकिल्ला भित्र सवै प्रकारको सवारी साधन प्रवेश गर्न रोक्न आदेश दिएपछि पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाको प्रयासमा सवारी साधन निषेध गरिदै आएको छ।                                                                                                                            पशुपति क्षेत्रको पश्चिम भुवनेश्वरी चोकवाट मन्दिर परिसर,उत्तर उमाकुण्डवाट  पशुपति प्रवेश,दक्षिण बागमती पुल संगैको प्रवेशद्वारवाट सर्वसाधारणलाई सवै प्रकारको सवारी साधन निषेध गरिएपनि भिआईपी र पहुंच हुनेलाई निर्वाध रुपमा निषेधित क्षेत्र भित्र सवारी साधन प्रवेश गराईदै आएको देख्न सकिन्छ।                                           आम नागरिकलाई मात्र लाग्ने अदालतको आदेशलाई एउटा युक्ती बनेको छ हिजोआज पशुपतिमा सवौच्च अदालतको आदेश धन हुनेलाई होईन नहुनेलाई मात्र हो भन्ने गरिएको छ।                                                                                                                  नेपाली सेना बाहेकको सुरक्षा अंगले पनि अदालतको आदेश मिच्दै भुवनेश्वरीको निषेधित भनिएको क्षेत्रमा गाडी लग्ने गरिएको छ,त्यस्तै पशुपति क्षेत्र विकास कोषका पाहुना भन्नेलाई पनि सवौच्च अदालतको आदेश लाग्दैन  तिनिहरुका गाडीपनि जनतालाई निषेध गरिएको भागमा निर्वाध रुपमा सुरक्षाकर्मी सहित प्रवेश व्यवस्था मिलाईदै आएको छ।                                                                                       राष्ट्रपति,प्रधानमन्त्री सहित         सन्तमहन्त,भारतिय नेतालाई सवौच्च अदालतको आदेश लाग्दैन नेपालको संविधान २०७२ ले संविधानभन्दा माथि कसैलाई नराखेपनि पशुपति क्षेत्रमा भने बिशिष्ट र आम जनतामा पक्षपात रहदै आएको देख्न सकिन्छ यसै बिषयमा के सवौच्च अदालतको आदेश राष्ट्रपति वा विशिष्टका लागि नलाग्ने हुन्छ भन्ने हाम्रो प्रश्नमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने भन्नुहुन्छ संविधान अनुसार सम्मानित अदालतको आदेश सवैले मान्नुपर्ने संवैधानिक कानुनी व्ववस्था रहेको छ ,कोही कसैले पनि अदालतको फैसला आदेशलाई अवज्ञा गरे वा गराईए अदालतको आदेशलाई अवज्ञा गरेकोमा कारवाही हुन्छ।                                                                  तसर्थ सम्मानित सवौच्च अदालतको आदेशलाई आफु अनुकुल गर्ने अधिकारीका विरुद्ध अदालतमा मुद्धा दायर गर्ने तयार रहेको समेत बताउनु भयो,राष्ट्रपति पशुपतिनाथ दर्शन गर्न आउंदा पश्चिम मुलढोका सम्म र अन्य भिआईपी भनिएकालाई भुवनेश्वरी चोकवाट प्रवेश व्यवस्था गरिदै आएको छ,अव भने यो विषयले अदालत प्रवेश पाउने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.