Hindu Online Tv

२०८२ माघ २ शुक्रबार ००:२५ गते

एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
१ मिनेट पढ्ने समय

काठमाडौं- काठमाडौं महानगरपालिकाले प्रमुख सत्तारुढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिराएको छ । शुक्रबार दरबारमार्गमा गरिएको जागरणसभाका क्रममा गरिएको फोहोर फुटपाथ र सडकमै छाडिएपछि महानगरले एमालेलाई जरिवाना तिराउने निर्णय गरेको हो ।

एमालेले सरकारलाई चौतर्फी घेराबन्दी भएको भन्दै दरबारमार्गमा जागरण सभा गरेको थियो । सुरुमा भृकुटीमण्डपमा गरिने भनिएको सभास्थल अन्तिम समयमा सारेर दरबारमार्ग लगिएको थियो ।

केही महिनायता प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच शीत युद्ध चलेको छ। सर्वोच्च अदालतले नदीको थप २० मिटर छाड्ने गरी दिएको आदेश कार्यान्वयन गर्न काठमाडौं महानगरपालिका निस्किँदा ओलीले बालेनको उक्त कदमलाई केटाकेटीपनको संज्ञा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.