Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार २१:०४ गते

पशुपतिमा दर्शन गर्ने आएका स्विजरल्याडका हिन्दु लुटिए पर्यटक प्रहरी र कोष मौन ?

हिन्दु अनलाईन टिभी
११ महिना अगाडि
५ मिनेट पढ्ने समय

काठमाण्डौं/बैशाख ३०- स्विजरल्याडवाट पशुपतिनाथ दर्शन गर्न आएका हिन्दु पशुपति परिसरमा आफ्नो मोटरसाइकल पर्यटक प्रहरीले खोसेपछि बेवारिसे घाइते अवस्थामा चौरमा लडिरहेका छन्।                                                         भारतको बाटो हुदै सुनौली नाकावाट आफ्नो मोटरसाइलवाट नेपाल प्रवेश गरेर लुम्बिनी,मुक्तिनाथ दर्शन गरी पशुपतिनाथ दर्शन गर्न आईपुगेका स्विजरल्याडका नागरिकको साथमा रहेको पासपोर्ट, नेपाली रूपैया ३० हजार सम्म आफ्नो लुटिएको र आफुलाई कुटपिट गरेको समेत बताए।                                                                                    विश्वका सनातन हिन्दुहरुका आस्थाको केन्द्र पशुपतिनाथ दर्शनमा आएका बिदेशी पर्यटक पशुपति क्षेत्र भित्र लुटिनु यो भन्दा लाजमर्दो अवस्था केहि नहुन सक्छ, भैरहवा सुनौलीवाट नेपाल प्रवेश गरी देशका अनेकौ तिर्थस्थलको भ्रमण सम्पन्न गरेका विदेशी हिन्दु पशुपतिनाथमा आईपुग्दा भने बिवारिसे मानसिक सन्तुलन कमजोर रहेको आरोप सहित वेवारिसे बन्न पुगेका छन्।                                                     चढेर आएको मोटरसाइकिल भने पर्यटक प्रहरी पशुपतिले नियन्त्रणमा लिएपनि उनको उद्धार नगरी वेवारिसे शरिरभरी चोटैचोटको अवस्थामा छाडिएको छ,आज दिउॅंसो हिन्दु अनलाइन टिभीले उनलाई भेट्दा पर्यटक प्रहरी पशुपतिको व्यारेक अगाडीको खुला चौरमा शरिर भरी घाउॅंचोट झिंगा भनकिएको नाजुक अवस्थामा थिए।                                                                                                              पानी समेत पिउन नपाएका तिनलाई युवाहरुले पानी र खाना लिएर खान दिईरहेका थिए,चढेर आजको साधन नियन्त्रणमा लिएर बिदेशी पर्यटकलाई किन शरिरभरी घाउंचोट लागेका घाईते अवस्थामा वेवारिसे छोडेको भनि पर्यटक प्रहरीका प्रहरी नायव उपरिक्षक डिएसपी दिपेन्द्रजी संग सम्पर्क राख्दा उनले उनको उद्धार गर्नुपनि पर्यटक प्रहरीको दायित्व हो भने त्यस्तै पशुपति क्षेत्र विकास कोषका कार्यकारी निदैशक सुवास चन्द्र जोशीसंग बुझ्दा आफुहरु जानकार रहेको तर ती बिदेशी हिन्दु पर्यटकमा समस्या रहेको भन्दै जोशी भने पन्छिए।                                                                                                                       राष्ट्रिय आर्थिक मेरुदण्ड धार्मिक पर्यटन हुनसक्ने दाविवाट गदै हिड्ने संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे अध्यक्ष रहेको पशुपति क्षेत्रमा विदेशी लुटिनु उपचार र खान नपाएर खुला आकाशमुनी विवारिसे अवस्था रहनुलाई सामान्य अवस्थामा पक्कैपनि लिन सकिदैन मन्त्री पण्डेले भाषणका लागि भाषण मात्र गरेका हुन कि गम्भिर प्रश्न उठेको छ।                                                पशुपति क्षेत्रमा स्विजरल्याडवाट पशुपतिनाथ दर्शन गर्न भारतिय बाटो हुदै सुनौली नाकावाट आफ्नो मोटरसाइकिल मार्फत आएका हिन्दु पर्यटक मुक्तिनाथ, लुम्बिनी पछि पशुपति आएपछि लुटिन्छन घाईते हुने कुटिन्छ,मानसिक सन्तुलन राम्रो नभएको बताइन्छ तर ति पर्यटकलाई उचित व्यवस्थापन गरिदैन किन भनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसंग बुझ्दा उनले तत्काल पर्यटकलाई आफुले उद्धार गर्ने र यस किसिमको गलत कामकाज गर्नेलाई नछोड्ने प्रतिवद्बता समेत जनाए।                                                              पर्यटक प्रहरीको मुख्य कार्यालय भृकुटीमण्डपमा  सम्पर्क एंव सरोकार मन्त्री संगको कुराकानी पछि घाईते अवस्थामा वेवारिसे रहेका विदेशी हिन्दु पर्यटकलाई पर्यटक प्रहरीले उद्धार गरेको छ,दर्जनौ सुरक्षाकर्मी रहेको पशुपति क्षेत्र विकास कोषका सुरक्षाकर्मी भने पशुपतिनाथमा मान्छे ओसार्ने लगाएतका कामकाजमा व्यस्त रहेंपनि पशुपतिनाथ दर्शन गर्न आएका नेपाली भक्तजनदेखि कसैलाई पनि सेवा सुविधा दिएको बिरलै देख्न पाईन्छ (स्विजरल्याडवाट आएका शरिरभरी चोटैचोटवाट घाईते लुटिएका हिन्दु पर्यटक संगको कुराकानी मात्र Hindu Tv यूट्यूब च्यानल, फेसबुक पेजमा हेर्न नभुलौं।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.