Hindu Online Tv

२०८२ फाल्गुन १८ सोमबार १६:१० गते

भारतीय अर्बपति गौतम अडानीमाथि अमेरिकाले लगायो ठगीको आरोप

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
२ मिनेट पढ्ने समय

एजेन्सी-न्यूयोर्कको सङ्घीय अदालतले भारतीय अर्बपति तथा विश्वकै सबैभन्दा धनिमध्येका एक गौतम अडानीसहित सात जनालाई अढाई करोड डलरको ठगी र घूसखोरीको आरोप लगाएको छ । अभियुक्तहरूमा सागर र विनीत जैन, अदानी ग्रीन एनर्जी लिमिटेडका अधिकारीहरू र गौतम अदानीका भतिजाहरू पनि रहेका छन् ।

संयुक्त राज्य अमेरिकाको अभियोजकको कार्यालयबाट जारी भएको प्रेस विज्ञप्तिअनुसार अडानीले सौर्य ऊर्जाको ठेक्का प्राप्त गर्न भारतीय अधिकारीहरूलाई २ करोड ५० लाख डलरभन्दा धेरै घूस दिने वचन दिएका थिए ।

अमेरिकी न्याय विभाग अनुसार, उनीहरुले भारतमा घूस दिएर परियोजना माग गरेको र विदेशी लगानीकर्ता तथा बैंकलाई झुट बोलेको पाइएको छ । अडानीले पूर्ण योजना बनाएर अनुसन्धानमा बाधा पुर्‍याउने प्रयास गरेको पनि आरोपमा उल्लेख छ ।

सन् २०२० देखि २०२४ सम्म, अडानीसहित सबै अभियुक्तहरू भारत सरकारको सौर्य ऊर्जा सम्झौता प्राप्त गर्न भारतीय अधिकारीहरूलाई २ करोड ५० लाख डलरको घूस दिन इच्छुक थिए । परियोजनाबाट २० वर्षमा सबै कर कटाए पनि २ अर्ब डलरभन्दा धेरै नाफा अनुमान गरिएको खबरमा उल्लेख छ ।

अडानीले व्यक्तिगत रूपमा भारत सरकारका एक अधिकारीलाई भेटेर योजनालाई अगाडि बढाएका थिए । अदालतका अनुसार अडानी समूहले घूसको यो अभियोजन रोक्नको लागि ग्रान्ड जूरी, एफबीआई र अमेरिकी सेकुरिटी एण्ड एक्सचेन्ज कमिशन ९एसईसी० को अनुसन्धान रोक्न षड्यन्त्र रचेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.