Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार २१:१५ गते

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
२ मिनेट पढ्ने समय

काठमाडौं -वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ११ लाख ७० हजार रुपैयाँ ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा धनुषाको मिथिला नगरपालिका–९ घर भई काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–१० बस्ने ४१ वर्षीय रविन कोइराला, धादिङको सिद्धलेक गाउँपालिका–७ घर भई काठमाण्डौ महानगरपालिका–१६ बस्ने ३६ वर्षीय पदमबहादुर भुजेल र झापाको बाह्रदर्शी गाउँपालिका–३ घर भई काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका–३ बस्ने ४१ वर्षीय कात्र्तिकलाल राजवंशी रहेका छन् ।

वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै कोइरालाले एक जनाबाट एक लाख, सर्बिया पठाइदिने भन्दै भुजेलले एक जनाबाट तीन लाख र अल्बानिया पठाइदिने भन्दै राजवंशीले एक जनाबाट सात लाख ७० हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.