पोखरालाई हराउँदै काठमाडौंको फराकिलो जित, प्लेअफमा पुग्ने सम्भावना सहज बन्दै
काठमाडौं -नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको छ । पोखराले दिएको १ सय ३९ रनको लक्ष्य काठमाण्डौले १४ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायो ।
काठमाडौंका स्टेफेन इस्किनाजीले ६०, माइकल लेभिटले ३२ रन बनाए । पोखराका विपिन खत्रीले ३ विकेट लिए ।यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनायो ।
पोखराका रेमोन रेफेरले नटआउट ४१, दिनेश खरेलले ३८ रन बनाए । काठमाडौंका कप्तान करण केसी र रशिद खानले ३–३ विकेट लिए । यो जीतसँगै काठमाडौंले प्लेअफको सम्भावना बलियो बनाएको छ ।
काठमाडौं६ खेलमा ६ अङ्कसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । पोखरा ६ खेलमा ४ अङ्कसहित सातौं स्थानमा छ ।एनपीएलमा आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज खेल्दैछन् । जनकपुर बोल्ट्स एक खेलअघि नै क्वालिफायरमा पुगिसकेको छ । चितवन पनि क्वालिफायर पुग्ने सम्भावना कायमै छ । चितवन ६ खेलमा ६ अङ्कसहित पाँचौं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2025 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया