Hindu Online Tv

२०८२ फाल्गुन १८ सोमबार १६:०८ गते

नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुँदै

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
२ मिनेट पढ्ने समय

काठमाडौं-नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुने भएको छ । यसको उद्घाटन भर्चुअल रुपमा भोलि संयुक्त रुपमा तीन देशका ऊर्जामन्त्रीले गनुहुनेछ ।

त्यसपछि भोलि राति १२ बजेसम्म नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् गएर नेपाल–बंगलादेशबिच विद्युत् व्यापारको औपचारिक सुरुवात हुनेछ ।

नेपाल, भारत र बंगलादेशबिच भएको त्रिदेशीय सम्झौता अनुसार जुन १५ देखि नोभेम्बर १५ सम्म नेपालबाट बंगलादेशमा विद्युत् निर्यात हुनेछ । तर भोलि निर्यात भएपछि यो वर्ष (सन् २०२४) मा थप विद्युत् निर्यात हुनेछैन ।

त्यसपछि २०२५ को जुन १५ देखि फेरि निर्यात सुरु हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले यसलाई नेपालको विद्युत् व्यापारको लागि कोशेढुङ्गा सावित हुने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.