Hindu Online Tv

२०८२ फाल्गुन १८ सोमबार १६:०८ गते

काठमाडौँमा आज वर्षकै सबैभन्दा चिसो, तापक्रम २ डिग्री सेल्सियस

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
२ मिनेट पढ्ने समय

काठमाडौं -काठमाडौंमा आज यस वर्षकै चिसो भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज काठमाण्डौको न्यूनतम तापक्रम २ डिग्री सेल्सियसमा झरेको जनाएको छ ।

यसअघि हिजो काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव १ डिग्री थियो । महाशाखाले आज बिहान ८ बजेर ४५ मिनेटमा सार्वजनिक गरेको तापक्रम विवरणअनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७ दशमलव २ डिग्रीमा झरेको छ ।

अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले देशभर मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । तराईका केही ठाउँमा हुस्सुरकुहिरो लागिरहेको छ ।

आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । यस्तै राति देशभर मौसम मुख्यतया सफा रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.