Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार २२:५१ गते

रास्वपाका सभापति रविसँग बयान जारी, सहकारी पीडित र रास्वपा कार्यकर्ता प्रदर्शनमा उत्रिए

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
१ मिनेट पढ्ने समय

काठमाडौं:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग रुपन्देहीमा बयान लिने काम जारी छ ।

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान भइरहेको रुपन्देही प्रहरीका प्रवक्ता,प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले जानकारी दिनु भयो । लामिछाने रुपन्देही पुगेपछि सहकारी पीडित र रास्वपाका कार्यकर्ताले छुट्टाछुट्टै प्रदर्शन गरेका छन् ।

सहकारी पीडितले हाम्रो रकम फिर्ता गर, दोषीलाई कारबाही गर जस्ता नारा लगाएर आन्दोलन गरिरहेका छन्।

बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको आरोप छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.