जेठ १५ गतेवाट हुने अनिश्चितकालीन आन्दोलन राजा सहितको हिन्दु अधिराज्यको लागि -पूर्वमन्त्री दुर्गा श्रेष्ठ
काठमाण्डौं/जेठ १३-पर्सी २०८२ जेठ १५ बिहिवारदेखि काठमाण्डौंवाट नेपाललाई राजसंस्था सहितको हिन्दु अधिराज्य पुनः स्थापनाको लागि हुन लागिरहेको शान्तिपूर्ण कालो छाता व्रिदोहमा आम नेपाली आमाबुबा,दाजुभाई,दिदीबहिनी सम्पूर्णलाई सहभागिताका लागि पूर्वमन्त्री दुर्गा श्रेष्ठले अपिल गरेकी छिन। अव नगरे कहिले गर्ने अवपनि नजागे हामी नेपाली कहिले जाग्ने राष्ट्रियता,स्वाधिनता,सार्वभौमिकता संकटमा परिरहेको कालो बादल हटाउदै राष्ट्रिय एकताका प्रतिक राजसंस्था सहित विश्वको एकमात्र हिन्दु अधिराज्य पुनः स्थापनाका लागि एकपटक सम्पूर्ण जनता हामी एक हौं। संघियताको नाममा देश लुछिएकोमा चिन्ता लागिरहेको बताउॅंदै पूर्वमन्त्री श्रेष्ठले भ्रष्टाचार र सुशासन देख्न छोडिएको छ, आफ्नो र अक्रो पार्टीका मान्छे भन्दै भ्रष्टाचारी,ठगी, घुसखोर अपराधीहरुलाई उन्मुक्ती दिईरहेका छन्, राष्ट्र र राष्ट्रियताका लागि केहि गछौं भनेर आएका युवाहरुका विरूद्ध तिनका केहि पृष्ठपोषक झोलेहरु प्रयोग गरेर सक्ने प्रपञ्च हुदै आएको छ। स्वदेश बन-स्वदेशमा बस आफ्नै देशमा रोजगारी सिर्जना गरौं भन्न छोडेर विभिन्न देशमा भिजिट भिषामा पठाउने नाममा मानव तस्करीमा गृहमन्त्री नै मुछिनुले देश कता जादैछ भन्ने सवैमा जगजाहेर नै छ,राष्ट्रको मेरुदण्ड राष्ट्रिय एकताको प्रतिक शाहवंशिय राजसंस्था बाईसै चौविसे राज्यहरुलाई एकिकरण गरेर सम्बृद्ध राष्ट्र नेपाल निमार्णका नायक बडामहाराजाधिराज पृथ्वीनारायण शाहका सन्तानलाई राष्ट्रिय एकताको प्रतिक मान्दै आएका श्री ५ ज्ञानेन्द्रलाई पुनः राजसिंहासनमा लग्दै विश्वको एकमात्र हिन्दु अधिराज्य पुनः स्थापना गर्ने पवित्र महान उद्देश्य बोकेर हुन लागेको आन्दोलनमा सहभागी हुन श्रेष्ठले आव्हान गरेकी छिन। बिना डरत्रास सडकमा उत्रौं कसैको बिर्ता होईन काठमाण्डौं,डर धाकधम्की संग नडराउं शान्तिपूर्ण छाता व्रिदोहमा सहभागी बनौं सन्ततीले सराप्ने अस्तित्व खोज्ने बन्ने होईन देशलाई लुछदै,चुस्दै कंगाल बनाउंदै राष्ट्रिय अस्तित्व माथि लुछनेहरुका विरुद्ध एकपटक सम्पूर्ण नेपाली एक हौं। यो शान्ति पूर्ण छाता व्रिदोह हाम्रा सन्ततीले युगौयुग सम्झने छन् पूर्वजहरुले छोडेर जानुभएको राष्ट्रीय स्वाभिमान सहितको राजसंस्था र हिन्दु अधिराज्य पुनः स्थापना गदै अखण्ड नेपाल निमार्ण गरौं,अनि भ्रष्ट, भ्रष्टाचारी,कमिशन खोर,मानव तस्करी,ठगी लगाएतका बेथितीको अन्त्य गरी समृद्ध नेपाल बनाउने प्रण गरौ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया