राजालाई घेरावन्दी र सिण्डिकेट बनाउने सोचका कारण आन्दोलन तुहिदै
काठमाण्डौं/जेठ २१ गते -विघटित राष्ट्रीय पञ्चायतका अध्यक्ष पुराना राजनितिज्ञ नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जन आन्दोलन समितिको संयोजनमा राजेन्द्र लिङ्देल नेतृत्वको राष्ट्रीय प्रजातन्त्र पार्टी,कमल थापा नेतृत्वको राष्ट्रीय प्रजातन्त्र पार्टी नेपाल लगाएतका दर्जनौ राजावादी राजनैतिक र संघसंस्थाहरुको आयोजनामा राजा सहितको हिन्दु अधिराज्य पुनः स्थापनाको माग लिएर गत एकसाता देखि राजधानी केन्द्रीत जनआन्दोलन नाम दिएको राजनैतिक मिसन निचोड बिहिन अवस्थामा पूर्णविराम लाग्दैछ। हिजोवाट पहिलो चरणको आन्दोलन सकिएको घोषणा गदै संयोजक नवराज सुवेदीले आज दोश्रो चरणको आन्दोलन तय गर्नका लागि बैठक राजधानीको एक पार्टी प्यालेसमा आव्हान गरेका छन्,के उपलब्धी हासिल भयो ? पहिलो चरणको आन्दोलनवाट यसवारेमा आत्मसमिक्षा नगरी दोश्रो चरणको आन्दोलन घोषणा गर्न बैठक आयोजना गर्न खोज्नुको पछिको रहस्य केछ? मध्य बर्षादको समयमा आन्दोलन आव्हान गरी मेचीदेखि महाकालीसम्मका राजा र हिन्दु अधिराज्य पुनः स्थापनाका समर्थकहरु राजधानी बोलाएर विना निचोड फर्काउने योजना कस्को थियो। जन आन्दोलन नामका साथ प्रारम्भ गरिएको आन्दोलन पनि विश्राम लिदै गरिने आन्दोलन होकि कुनै राजाको नाम जोडेर आफ्नो निहित स्वार्थ पूर्तिमा लाग्नेहरुको गाईजात्रा हो वा दानापानी गोजीमा घाईत र समर्थक कार्यकर्ता सडकमा बेवारिस बनाउने सिवाय अरु केहि होइन भन्ने सावित हुदैछ,जेठ १५ गते गणतन्त्र दिवसका दिन राजालाई गद्दीसिन गर्ने सपना बुनेर ताप्लेजुङ्गवाट छिमेकी संग १० हजार ऋण बोकेर आएका ७३ बर्षिय सन्तवहादुर राई निरास हुदै भन्छन खै बाबु राजा आउंछन रे देश बिगार्ने मेरा छोराहरुलाई बिदेश जान बाध्य बनाउने फटाहा हटाउने भन्दै आएको तर खै अव ऋण पो बोकेर फर्कर्नु पर्ने भयो भन्दै निरास हुदै उनी भन्छन हाम्रा तिरका मात्र फटाहा भनेको त यहांका पनि उस्तै पो रहेछन। निरासा ताप्लेजुङ्गका बुबाको मात्र होइन इलामवाट आएका ६८ बर्षिय कृष्णवहादुर नेपाली,बाजुराका ७१ बर्षिय मानवहादुर राउत क्षेत्रि,संखुवासभाका ७९ बर्षिय गजेन्द्र लिम्बु,नुवाकोटका ७२ बर्षका लालुमाया तामाङ,धादिङ्गका ६७ बर्षिया गंगा खत्रीपनि राजधानीको सिफल चौरमा निरास देखिन्थे अव के भनेर गाउं फर्कर्ने आउंदा राजा फर्काउने हिन्दु अधिराज्य बनाउंछौ भनेर ऋणधन गरेर आईयो तर हातमा लाग्यो सुन्य निरास हुदै भन्छन छोरा-छोरीले जान पदैन भन्दाभन्दै आयौं तर हामी झुकियौं भन्दै निरास देखिन्थे। राजा र हिन्दुत्व जोडेर आन्दोलन आव्हान गर्ने तर बिना निचोड फर्काउने परिपाटीले भोलिका दिनमा राजा र हिन्दुवादीहरुलाई पक्कैपनि हित गदैन जनताको मन र भावना संग निहित स्वार्थका लागि खेलवाड गर्ने कसैको पनि भोलिका सुखद निश्चय पनि हुदैन, गतसाल चैत्र १५ गते तिनकुनेमा मृत्यु भएका,घाईते भएकालाई राहत भएन भन्दै हार गुहार गरिरहेका छन,प्रकाउ परेकाहरुलाई पनि दलको स्वार्थमा आफ्नो र अर्को भन्दै पक्षपात गरिएकोमा धेरैमा निरासा देखिएको छ। पूर्वपञ्चहरुमा व्यक्तिगत स्वार्थ परक दृष्टिकोण र सोच बिगतदेखि नै देखिन्छ स्पष्ट राजनैतिक दर्शन बिना राजा र धर्मका नाममा आफ्नो दुनो सोझाउने कामकाज गदै आएका ठुलै जत्था आजपनि राप्रपा भित्र हावी छ,हुनत नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जन आन्दोलन समितिको स्वरुप पनि उहि अवसरवादी,हैकमवादी,सिण्डिकेट सोच बोकेर आफ्नो अभिष्ट पुरा गदै हिडेका झुण्डहरुवाट अछुतो देखिएन। राजा ज्ञानेन्द्रको सल्लाहमा सुवेदी नेतृत्वको समिति बनेपनि गत चैत्र १५ को घटनामा प्रकाउ परेका दुर्गा प्रसाई, शन्तोष सिलवाल(राजा वादी) पशुपति खड्का,मनोज सापकोटा,मुनिन्द राज भण्डारी लगाएतका ५० औ जनालाई रिहा गर्न पहल नगरिएकै कारणले दुर्गा प्रसाई नेतृत्वको समुहले अहिलेको आन्दोलनलाई समर्थन नरहेको विज्ञप्ति नै निकाल्यो। त्यसो त राजा र हिन्दु अधिराज्य मुख्य एजेण्डा बोकेको आन्दोलन समितिमा हिन्दु धर्मका विशिष्ट व्यक्तिको उपस्थिति थिएन,राजाको नाम भजाएर राजाका सचिव देखाउंदै राजालाई घेरावन्दीमा राख्ने सोच र विचार बोक्नेहरुको जत्था ठुलै थियो,यतिवेला राजाको पैसा फेरी स्वाहा बनाए भन्दै सडकमा चर्चा चलेको छ,जनताको भावना माथि कुठाराघात गर्ने कार्यले कस्लाई उपलब्धी प्राप्त भयो ? अव सोचनिय विषय बनेको छ समय छदै राजा ज्ञानेन्द्रवाट यस्ता आफैलाई घेरावन्दी गर्ने सचिव र तिनका आसेपासेवाट टांडा बस्नु नै हितकर होला नत्र आपत र बिपतमा नपरिएला भन्न सकिन्न।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया