Hindu Online Tv

२०८२ फाल्गुन १८ सोमबार १६:११ गते

उपनिर्वाचन स् मतगणना अन्तिम चरणमा,६ स्थानको नतिजा आउन बाँकी

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
४ मिनेट पढ्ने समय

काठमाडौं- आइतबार सम्पन्न ४१ स्थानीय तहको उपनिर्वाचन अन्र्तगत नतिजा आउने क्रम उत्तरार्धमा पुगेको छ । अहिलेसम्म ३५ स्थानको अन्तिम नतिजा आइसकेको छ । बाँकी ६ स्थानको नतिजा आउन बाँकी छ । नतिजा आउन बाँकी ६ स्थानमध्ये पाँच स्थानको मतगणना जारी छ । हालसम्मको नतिजा अनुसार काँगे्रसको अग्रता रहेको छ । यस्तै एमाले दोस्रो र माओबादी तेस्रो स्थानमा रहेको छ । यता रास्वपा, नेकपा एस, नेमकिपा, जसपाले पनि खाता खोल्न सफल भएका छन् । काठमाडौं महानगरपालिका वडा नं. १६ को वडाध्यक्षमा रास्वपाले खाता खोलेको हो ।

काठमाडौं महानगरपालिका वडा नं. १६ को वडाध्यक्षमा रोजिना श्रेष्ठ विजयी हुनुभएको छ । यस्तै ताप्लेजुङको सिरीजंगा गाउँपालिका ३ मा एमालेकी कुमारी सावदेन विजयी हुनुभएको छ । झापाको कन्काई नगरपालिका ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली विजयी हुनुभयो । गुल्मीको मुसिकोटनगरपालिका १ मा कांग्रेसका आनन्द श्रेष्ठ विजयी हुनुभएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिका २ मा एमालेका सकिवुल खाँ विजयी र दैलेखको दुल्लु नगरपालिका १३ मा एमालेका लालबहादुर शाही विजयी हुनुभयो । गोरखा नगरपालिका ५ मा नेकपा माओवादी केन्द्रका विष्णु ब.मगर विजयी हुनुभएको छ । रौतहटको इशनाथ नगरपालिका ७मा काँग्रेसका शेख अब्दुल खलिक र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ मा कांग्रेस मोती राम खत्री विजयी हुनुभएको छ ।

जाजरकोटको कुशे गाउँपालिका ७ मा कांग्रेसका खम्बबहादुर सिंह, डोटीको पुर्बीचौकी गाउँपालिका ६ मा कांग्रेसका मोहन थापा, दार्चुलाको दुहुँ गाउँपालिका ५ मा कांग्रेसका धनसिंह कुँवर, ओखलढुंगाको मोलुङ गाउँपालिका ५ मा एमालेका गंगा तामाङ, रोल्पाको रुन्टिगढी गाउँपालिका ४ मा कांग्रेसका भुपमणि पुन, कालिकोटको तिलागुफा गाउँपालिका ४ मा नेमकिपाका खड्कराज शाही, धनुषाधाम नगरपालिका१ मा माओवादी केन्द्रका शुनिल कापर केवट विजयी हुनुभएको छ ।

सुनसरीको गढी गाउँपालिका ६ मा काँग्रेसका तेतर साह, बझाङको सुर्मा गाउँपालिका ४ मा काँग्रेसका धिरेन्द्र पुजारा, बर्दियाको ठाकुरबाबा नगरपालिका ४ मा काँग्रेसका अमिन चौधरी, रौतहटको राजपुर नगरपालिका ६ मा कांग्रेसका समसे आलम, सप्तरीको डाक्नेश्वरी नगरपालिका ४ मा जसपा नेपालका देवेन्द्र यादव, तेह्रथुमको लालिगुँरास नगरपालिका ८ मा कांग्रेसका नगेन्द्र लिम्बु, कञ्चनपुरको भीमदत्त नगरपालिका६ मा कांग्रेसका प्रकाश चन्द, नुवाकोटको ककनी गाउँपालिका २ मा माओवादीकाकृष्ण घिमिरे, कीर्तिपुर नगरपालिका १ मा कांग्रेसका इच्छा कुमार महर्जन कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ मा एमालेका मोहमद मुसलमान, हेटौंडा उपमहानगरपालिका १२ मा काङ्ग्रेसका अर्जुन प्रसाद तिवारी, उदयपुरको त्रियुगा नगरपालिका १२ मा माओवादीका नवीन बान्तावा, सप्तरीको डाक्नेश्वरी नगरपालिका १ मा जसपा नेपालका धिरेन्द्रकुमार साह, रौतहटको गढीमाई नगरपालिका ८ मा नेकपा एसका बजरंगी प्रसाद यादव, काठमाण्डौ महानगरपालिका १६ मा रास्वपाकी रोजिना श्रेष्ठ, बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी सुलोचना भण्डारी विजय हुनुभएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी हुनुभएको छ । यस्तै मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी विजयी हुनुभएको छ ।
०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.