Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार २१:०१ गते

पशुपतिनाथ मन्दिर परिसरमा आगलागी

हिन्दु अनलाईन टिभी
१० महिना अगाडि
२ मिनेट पढ्ने समय

काठमाण्डौं/जेठ२२ गते-आज दिउंसो पशुपतिनाथ मन्दिर परिसर भित्र आगलागी भएको छ भैरव मन्दिर पछाडीको बालभोग पकाउने भान्छामा भएको आगलागीवाट भान्सा घरको झ्यालमा क्षति पुगेको छ।                                                         सुत्रका अनुसार पशुपतिनाथ मन्दिर परिसरमा आगलागी हुंदा आगो नियन्त्रण लिन त्यहांभित्रका पानी ट्याङ्की खोल्दा पुरा खाली रहेका थिए,आजको आगलागी नियन्त्रण गर्न पनि मन्दिर भित्रका प्रहरी,भक्तजन एवं कर्मचारीहरुलाई हम्मे परेको थियो भने आगलागीको धुवा धेरै परसम्म देखिन्थ्यो।                                                                        मन्दिर परिसरमा आगलागी भएमा नियन्त्रणका लागि अति आवश्यक पानीको उचित व्यवस्थापन गर्न नसक्ने पशुपति क्षेत्र विकास कोषको विकास कुन मोडलमा जादैछ यो विषय गम्भिर बनेको छ,हरेक क्षेत्रमा व्यापारिक दृष्टिकोण राख्ने विभिन्न अनियमिततामा मुछिएपनि विश्वका सनातन हिन्दुहरुका आराध्यदेव भगवान श्रीपशुपतीनाथ मन्दिर भित्र आगलागी नियन्त्रण गर्नका लागि पानी जस्तो अत्यावश्यक सामान व्यवस्था गर्न नसक्नेवाट पशुपति क्षेत्रमा कस्तो विकास हुदैछ सहजै अनुमान लगाउन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.