पालिका उपचुनावका लागि निर्वाचन अधिकृत नियुक्त
काठमाडौं–आउँदो मङ्सिर १६ गते हुने पालिका चुनावका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ७ बमोजिम ३२ जना जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतको पदमा र ६ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृतको पदमा नियुक्त गरेको आयोगले जनाएको छ ।
नियुक्त गरिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट आउँदो शुक्रवार कात्तिक ३० गते सम्बन्धित पालिकाको केन्द्र तथा वडाको केन्द्र रहेको ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापन गरी निर्वाचन व्यवस्थापनसम्बन्धी कार्यसम्पादन हुने आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया