प्रधानमन्त्रीले बोलाएको बैठकमा बाबुराम नजाने
काठमाडौं -नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० का संयोजक डा। बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा नजाने हुनु भएको छ । आफू गृहजिल्ला गोरखा जान लागेकाले प्रधानमन्त्रीले बोलाएको परामर्श बैठकमा सहभागी हुन नसक्ने भट्टराईले सामाजिक सञ्जाल एक्समार्फत बताउनु भएको छ ।
चीन भ्रमणको तयारीबारे परामर्शका लागि प्रधानमन्त्रीले आज बिहान ११ बजे सिंहदरबारमा पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीलगायतको बैठक बोलाउनु भएको हो ।
आफू सहभागी हुन नपाउने भए पनि भट्टराईले सामाजिक सञ्जालमा नै प्रधानमन्त्रीलाई केही सुझाव दिनु भयो । उहाँले नेपाल दक्षिण एसियाको सबैभन्दा पुरानो स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको स्मरण गराउँदै आफ्नो सार्वभौमसत्तालाई ख्याल राख्न सुझाव दिनु भएको छ ।
भट्टराईले दुई उदीयमान शक्तिहरू चीन र भारतबीचको नेपालको विशिष्ट भूरणनीतिक, भूराजनीतिक र भूआर्थिक स्थितिलाई ध्यानमा राख्दै सबैसँग मैत्रिपूर्ण सम्बन्ध कायम गर्नेतर्फ ख्याल गर्न पनि आग्रह गर्नुभ्एको छ ।
यस्तै नेपालको कमजोर अर्थतन्त्रलाई कम भन्दा कम समयमा विकसित चरणमा पुर्याउन वैदेशिक व्यापार, पूँजी, प्रविधि, ज्ञान र सद्भाव चाहिने जनाएका छन्। चीनको बीआरआईबाट फाइदा उठाउन चुक्न नहुनेमा भट्टराईले जोड दिनु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया