Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार १९:२६ गते

कमल थापा, सांसद सिंह सहितका ७ जना रिहा १ जना थुनामा नै

हिन्दु अनलाईन टिभी
१० महिना अगाडि
२ मिनेट पढ्ने समय

काठमाण्डौं/जेठ १८ गते – राजा सहितको हिन्दु अधिराज्य पुनः स्थापनाको माग सहित राप्रपा, राप्रपा नेपाल सहित संयुक्त जन आन्दोलन समितिको आयोजनामा चार दिनदेखि राजधानीमा जारी आन्दोलनको क्रममा आज दिउॅंसो नक्साल नारायणचौरवाट निषेधित क्षेत्र तोड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जान लागेका राप्रपा नेपालका अध्यक्ष पूर्व उपप्रधानमन्त्री कमल थापा सहितका ७ जनालाई लछारपछार गदै प्रकाउ गरिएको थियो।                                                                         प्रकाउ परेका पूर्व उपप्रधानमन्त्री थापा लगाएतका लाई भेटन प्रहरी परिसर भद्रकाली पुगेका राप्रपा सांसद सिंहलाई पनि प्रहरीले परिसरवाटै प्रकाउ गरिएको थियो,नेताहरुको प्रकाउ एवं प्रहरी दमनका विरुद्ध संयुक्त जन आन्दोलन समितिको आव्हानमा भोलि जेठ १९ गते उपत्यका बन्द घोषणा गरिएको छ त्यस्तै राप्रपाले कडा विरोधका कार्यक्रमहरु भोलिवाट गर्ने चेतावनी दिदै प्रेस विज्ञप्ति जारी गरेको छ।                                                                                          प्रकाउ परेका नेताहरुलाई नछोडे पूर्व पश्चिम राजमार्ग बन्द गनै मकवानपुरका राप्रपा निकट युवक संगठन र पार्टीका भातृसंस्थाहरुले घोषणा समेत गरिएपछि आज सांझ जिल्ला प्रसासन कार्यालय कार्यालय बबरमहलमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले पूर्व उपप्रधानमन्त्री थापा, सांसद सिंह सहित ७ जनालाई रिहा गरिएको बताईन्छ तर प्रकाउ परेका मध्य राजिव झालाई भने प्रहरीले थुनामै राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.