१५ दिनभित्र बक्यौता नतिरे फेरि प्रक्रियामा लाग्ने कुलमानको चेतावनी
काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीहरूले १५ दिनभित्र बक्यौता नतिरे पुनःआफ्नो प्रक्रियामा लाग्ने चेतावनी दिनु भएको छ । बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै घिसिङले १५ दिनभित्र नतिरे आफ्नो प्रक्रियामा फेरि पनि लाग्ने बताउनु भएको हो ।
बक्यौता नउठे सरकार र ऊर्जा मन्त्रालयले जिम्मेवारीपूर्वक उठाउनेतिर अघि बढ्ने विश्वास लिएको उहाँको भनाइ छ उहाँले त्यतिबेलासम्म पनि बक्यौता नउठ्ने हो भने यो विषय ठूलो सरकारको विषय बन्ने बताउनु भयो ।
घिसिङले प्राधिकरणलाई विभिन्न निकाय र पक्षबाट औद्योगिक वातावरणलाई नकारात्मक दिशामा धकेलेको आरोप लगाउनु भयो । उहाँले प्राधिकरणले प्रदान गर्ने सेवासुविधामा आफूहरू गम्भीर रहेको जिकिर गर्नु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया