विश्व हिन्दु महासंघ नेपालमा राजा सहितको हिन्दु अधिराज्यको बिषय लिएर भाडभैलो, धार्मिक संघसंस्था विरोधी नै अगुवा ?
काठमाण्डौं/जेठ १३-नेपाली कांग्रेसका नेता पूर्वमन्त्री डा.रामचन्द्र अधिकारी नेतृत्वको विश्व हिन्दु महासंघ नेपाल भित्र पर्सी जेठ १५ गतेवाट हुने राजा सहितको हिन्दु अधिराज्य पुनः स्थापनाको माग सहितको अनिश्चितकालीन आन्दोलनको विषयलाई आरोप प्रत्यारोप लगाउॅंदै प्रेस विज्ञप्ति एक अर्को पक्षले निकालेर भाडभैलो सुरु गरेका छन्। सोमवार केन्द्रीय अध्यक्ष डा.रामचन्द्र अधिकारीले आन्दोलनको विषयवस्तु र उद्देश्यलाई लिएर सम्वद्ध पक्षवाट कुनै छलफल नभएको बताउंदै ७ प्रदेश,७७ जिल्लादेखि पालिका गाउॅं स्तर सम्म संगठन रहेको महासंघले राष्ट्ररक्षा,धर्मरक्षाको खातिर निस्वार्थ भावले मुलुकको सनातन धर्म संस्कृति र मौलिक स्वाभिमान एवं पहिचान कायम राख्ने हेतुले निरन्तर क्रियाशिल स्वतन्त्र तटस्थ हाम्रो यो धार्मिक संस्थाको अस्तित्व र योगदानको उपेक्षा गदै सुरु गर्न लागिएको चालु आन्दोलन प्रति हाम्रो पूर्ण विमती नरहेपनि संस्थागत सहभागिता रहने छैन भन्दै विज्ञप्तिमा लेखिएको छ। त्यस्तै डा.अधिकारीको अगाडी लेख्छन मौका पर्दा संवैधानिक सिमा नाघेर जनताका हक अधिकार खोस्दै निरंकुश तानाशाह बन्ने नेपाली शाही राजतन्त्रको बिगत प्रवृत्ति संग हामी चिरपरिचित छौ भन्दै डा.अधिकारीले राजा र धर्म फरक विषय हुन,हामी राजालाई धर्म संग जोड्दैनौ,राजा राजनैतिक बिषय हो,समय क्रममा त्यो स्थापित -बिस्तापित हुन सक्छ तर धर्म जनताको आस्था र श्रद्बा संग जोडिएको बिषय हो,यो निरन्तर चलिरहन्छ। भन्दै विज्ञप्तिमा हिन्दु राष्ट्रमा राजा निषेधित हुदैन मनचाहा भएमा राजाकयी गुण गरिमाले युक्त स्वच्छ,निष्पक्ष र लोकप्रिय जो कोहि व्यक्ति बन्नसक्छ,चर्चामा रहेका पात्रहरुमा राजामा हुनुपर्ने गुण गरिमा पाईदैन,अहिलेको परिस्थिति बुज्दा मुलुक फेरी द्धन्दमा फस्ने होकि भन्ने खतरा प्रति हामी चिन्तित छौ भन्दै अध्यक्ष अधिकारीको विज्ञप्तिमा त्यसैले सम्वन्धित पक्षलाई संयमित हुन अनुरोध गर्दछौ। भन्दै डा.अधिकारीले हामी घोर दक्षिणपन्थी र उग्रबामपन्थी कुनैपनि धार तिर झुक्दैनौ,मध्य मार्गी लोकतान्त्रिक मुलधार नै हाम्रो मुलबाटो हो, धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दु राष्ट्र हाम्रो लक्ष्य हो,तसर्थ स्वच्छाले व्यक्तिगत रुपमा आन्दोलनमा सहभागी हुन चाहने जो कोहीको व्यक्तिगत स्वतन्त्रता हनन नहुने गरी हामी आन्दोलनमा सहभागी हुन चाहने जो कोहीलाई रोक लगाउंदैनौ,तर आन्दोलनमा जादां भैपरी आउने जोखिमको भागीदार सहभागी स्वयं हुनुपर्नेछ भन्ने विज्ञप्ति आउंना साथ हिजोआज महासंघ भित्र भाडभैलो सुरुवात भएको छ। अध्यक्ष पूर्वमन्त्री डा.अधिकारीको प्रेस विज्ञप्ति स्वेच्छाचारी एकलौटी भएको आरोप लगाउंदै वरिष्ठ उपाध्यक्ष (सह अध्यक्ष)राप्रपा नेता शंकर खराल, केन्द्रीय उपाध्यक्ष एवं सूदूर पश्चिम अध्यक्ष राजप्रसाद जोशी, केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश अध्यक्ष ऋषिकेश जंग शाह, केन्द्रीय उपाध्यक्ष लुम्बिनी प्रदेश दधिराम शर्मा, केन्द्रीय उपाध्यक्ष मधेस प्रदेश अध्यक्ष सत्यनारायण राउत, केन्द्रीय उपाध्यक्ष दिनेश कुमार सिजापती काठमाण्डौं र केन्द्रीय उपाध्यक्ष पार्वता पौडेल पोखरालेले अक्रो प्रेस विज्ञप्ति जारी गरेका छन्। उनीहरुकै संयुक्त प्रेस विज्ञप्तिमा विश्व हिन्दु महासंघ नेपाल राष्ट्रीय समितिको मिति२०८२/०२/१२ मा चल.नं.२०८१/८२पत्रसंख्या ८९ वाट जारी प्रेस विज्ञप्ति आठौ महासभा एवं महाधिवेशनले पास गरेको विश्व शान्तिको नेतृत्व गर्ने उदघोषको साथ संस्थाका संस्थापक राष्ट्रगुरु योगी नरहरिनाथ र स्व: पण्डित नारायण प्रसाद पोखरेलको संकल्प भावना विरुद्ध आजको हुदां हाम्रो ध्यानाकर्षण भएको छ भन्दै उनीहरुले विज्ञप्तिमा लेखेका छन आठौं महासभाले विश्व हिन्दु महासंघको राजनैतिक अवधारणा सन्दर्भमा २०४७ सालको संविधानको मर्म अनुसारको हुनेछ भने पास गरिसकेको छ। सनातन हिन्दु राष्ट्रको संरक्षण, सम्बर्द्धन र विकास गदै नेपाललाई विश्वगुरु राष्ट्र बनाउने उद्देश्यका साथ स्थापित संघको विधानको भावना उद्देश्य र प्रस्तावनाका साथै विश्वका करौडो हिन्दुहरुको नेपालमा सनातन हिन्दु अधिराज्य स्थापना होस भन्ने चाहनामा कुठाराघात गर्ने गरी स्वच्छेचारी निर्णय गदै संस्थाका गापा, नगर,जिल्ला, प्रदेश र केन्द्रीय पदाधिकारीको साथै लाखौं आजिवन सदस्यहरुको भावना विरुद्ध आएको विज्ञप्ति प्रति हामी तपसिलका प्रमुख पदाधिकारीहरुको घोर आपत्ति प्रकट गर्दछौ। भन्दै उनीहरुले विज्ञप्तिमा हाम्रो उद्देश्य एकमात्र पहिचान हिन्दु अधिराज्य नेपाल स्थापना गर्नु हो,यो अभियानमा जुनसुकै संघसंस्था राजनीति दलले साथ दिएमा त्यो स्वागत योग्य छ,भोलिका दिनमा धर्म निरपेक्षता बोकेका दल सुध्रिएर हिन्दु राष्ट्रको उद्देश्य लिएर सडकमा आए पनि हाम्रो साथ रहनुपर्छ भन्दै विज्ञप्तिमा अहिले आ आफ्नो संस्थाको अस्तित्व होइन राष्ट्र र धर्मको अस्तित्व खोज्ने बेला आएको छ,स्व:धर्म र देश नै नरहने अवस्थामा बिचार भन्दा माथि राष्ट्र हुन जरुरी छ तसर्थ लाखौं सदस्यको भावना विपरित अध्यक्ष लगाएत केहि सिमित व्यक्तिको धारणालाई सिंगो संगठनको धारणा मान्न सकिदैन भनेका छन्। त्यस्तै उनीहरुको विज्ञप्तिमा यो उहाॅंहरुको व्यक्तिगत धारणा हो, त्यसैले सम्पूर्ण विश्व हिन्दु महासंघ लगाएत सनातन परिवारलाई संवैधानिक राजसंस्था सहित हिन्दु अधिराज्य पुर्नस्थापनाको लागि यहि जेठ १५ गतेवाट प्रारम्भ हुने आन्दोलनमा सहभागी हुन सवैमा अनुरोध गर्दछौ भनेका छन्। विश्व हिन्दु महासंघ नेपाल राष्ट्रीय समितिका केन्द्रीय अध्यक्ष पूर्वमन्त्री डा रामचन्द्र अधिकारी हिन्दु अधिराज्य भन्दापनि हिन्दु राष्ट्र नेपाल पुनः स्थापना हुनुपर्ने अडान बिगत देखिनै राख्दै आएका छन राजसंस्था र हिन्दु राष्ट्र एक सिक्काका दुई पाटा हुनै नसक्ने सन्तमहन्तको भनाई पनि रहदै आएको पाईन्छ। निषेधित गर्ने ढंगले आन्दोलन आव्हान गर्ने पक्षले छलफल सम्वादको बातावरण निमार्ण नगर्नु पनि नेपाल पुनः हिन्दु राष्ट्र वा हिन्दु अधिराज्य भन्ने संघसंस्थाहरु विचमा आजपनि अन्यौलता नभएको भने पक्कै होईन आफुलाई राजाको विश्वास पात्र देखाउंदै सिन्डिकेट सोचका साथ समान उद्देश्य र बिचार बोकेर हिडेका मित्रशक्तीलाई दुश्मन सम्झने प्रवृत्तिले पक्कैपनि कसैको हित गदैन। धर्मको नाममा संगठित गराउंछु भन्ने पात्र नै हिन्दु संघसंस्थाहरुको एकता विरोधी पात्र हो किन बुझ्दैन राजसंस्था सहित हिन्दु अधिराज्य पुनः स्थापना माग गर्ने पक्षहरुले? अरुको अस्तित्व स्वीकार नगर्ने पक्षलाई पृष्ठपोषण गर्ने पात्र र प्रबिधी अन्त्य बिना धार्मिक संघसंस्थाहरुको सहभागिता हुन असमर्थ देखिन्छ,अझ समय छ सोचौ र कमजोरीलाई सुधार गदै कथित धर्मको मपाई भन्ने पात्रवाट होईन नेतृत्व तहवाटै आन्दोलनमा सहभागी हुने बातावरण निमार्ण गर्ने दिशामा ध्यान दिइयोस नत्र पारा उहि आन्दोलन उहि सिवाय केहि हुन सक्दैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2025 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया