Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार २०:५८ गते

विवाहपञ्चमी महोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न, आज मटकोर

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
२ मिनेट पढ्ने समय

काठमाडौं -जनकपुरमा साताव्यापी विवाहपञ्चमी महोत्सवको चौथो दिन हिजो तिलकोत्सव विधि सम्पन्न भएको छ । तिलकोत्सवका अवसरमा हरेक वर्ष जानकी मन्दिरबाट राम मन्दिरमा पाहुर पठाउने गरिन्छ ।

जानकी मन्दिरबाट भगवान् श्रीरामको तीलकका लागि एक सय एक भारसहित जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवसहित साधु सन्त महन्त बाजागाजासहित राम मन्दिरमा पुगेर भगवान् रामको तिलक गर्ने चलनअनुसार तिलक गरिने कार्यक्रम सम्पन्न भएको हो ।

भारतको अयोध्याबाट यसपटक पाँच सयको सङ्ख्यामा साधुसन्त, महन्थ, योगी, सन्न्यासी, व्यापारी, बुद्धिजीवी तथा अन्य क्षेत्रका व्यक्तिहरू जन्तीका रूपमा आएका छन् । विवाह पञ्चमी महोत्सवअन्तर्गत आज मटकोर, भोलि स्वयंम्बर तथा शुभविवाह र पर्सि २२ गते रामकलेवासँगै यस वर्षको विवाह पञ्चमी महोत्सव सम्पन्न हुने कार्यक्रम छ ।

त्रेतायुगमा मङ्सिर शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनास्वरूप परापूर्वकालदेखि धुमधामसँग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ । भारतको सीमावर्ती क्षेत्र र नेपालका विभिन्न ठाउँबाट लाखौँ श्रद्धालु रामजानकी विवाह महोत्सवमा सहभागी हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.