Hindu Online Tv

२०८२ मंसिर ९ मंगलवार ०८:१३ गते

नेपाल प्रिमियर लिग एनपीएल :आज पनि दुई वटा खेल

हिन्दु अनलाईन टिभी
११ महिना अगाडि
२ मिनेट पढ्ने समय

काठमाडौं पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान ९ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । लुम्बिनीले यसअघिका दुवै खेल हारेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित रहेको छ ।

चार अंकसहित सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ भने खाता खोल्न नसकेको लुम्बिनी पुछारमा छ । आजै दिउँसो १ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सले खेल्दैछन् । यसअघिका तीन खेलमध्ये विराटनगरले एउटा खेल जितेको छ । कर्णालीले पनि तीन खेलमध्ये एउटा मात्रै जितेको छ ।

समान २र२ अंक भएका कर्णाली छैटौं र विराटनगर सातौं स्थानमा छन् । तीन वटै खेल जितेको जनकपुर बोल्ट्स ६ अंकसहित एनपीएलको शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2025 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.