Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार १८:०३ गते

जो बाइडेनले गरे डोनाल्ड ट्रम्पलाई स्वागत

हिन्दु अनलाईन टिभी
१ वर्ष अगाडि
२ मिनेट पढ्ने समय

एजेन्सी-अमेरिकी राष्ट्रपति जो बाइडेन र निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ। गएराति ह्वाइटहाउसमा बाइडेन र ट्रम्पबीच भेटवार्ता भएको हो। भेटवार्तामा सत्ता हस्तान्तरण र यसको प्रक्रियाको बारेमा छलफल भएको अमेरिकी अन्तराष्ट्रिय जनाएका छन्।

अमेरिकी राजनीतिमा निर्वाचनपछि वर्तमान राष्ट्रपति र नयाँ निर्वाचित राष्ट्रपतिबीच औपचारिक रुपमा भेट गर्ने परम्परा रहदै आएको छ। यस भेटमा ट्रम्प आफ्नो नयाँ टिमसहित ह्वाइटहाउस पुगेका थिए। जसमा उनले नियुक्त गरेकी चिफ अफ स्टाफ सिसे वाइल्स पनि रहेकी थिइन्।

बाइडेनले ट्रम्पलाई ह्वाइटहाउसमा स्वागत गर्दै सत्ताको सहज हस्तान्तरण हुने स्पष्ट पारे। ट्रम्पले पनि ह्वाइटहाउसमा पुनः आउन पाउदा खुशी लागेको उल्लेख सत्ता हस्तान्तरणको प्रक्रिया सहज रुपमा अगाडी बढिरहेकोमा सन्तोष व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.