पशुपति क्षेत्र विकास कोषका लेखापाल बर्खास्त
काठमाण्डौं/बैशाख २४-पशुपति क्षेत्र विकास कोषका वरिष्ठ कार्यालय सहायक लेखापाल ईश्वर दवाडीलाई कोषको खातामा जम्मा गर्नुपर्ने रकम आफ्नो निजि प्रयोजनमा लगाई आर्थिक अनियमितता गरेको अभियोगमा पशुपति क्षेत्र विकास कोष ऐन २०४४ तथा कर्मचारी नियमावली अनुसार सेवा वाट बर्खास्त गरिएको कोष सुत्रले हिन्दु टिभीलाई बताएको छ। लेखापाल दवाडीले आर्थिक हिनामिना गरेको महालेखा परिक्षक कार्यालयको प्रतिवेदनले समेत स्पष्ट पारेको थियो,निजलाई पटक पटक आफुले तिर्न बुझाउन बांकी रकम बुझाउन कोष प्रशासनले ताकेदा गर्दा विभिन्न बहाना बनाउॅंदै पन्छिने गरेको कोष सम्वद्ब सुत्रको दावी छ बर्षोदेखि श्रीपशुपतीनाथको ढुकुटीमा जानुपर्ने भाडा सहितका रकम माथि गिद्दे दृष्टि लगाउंदै आएका दवाडीले लाखौं लाख रुपैया हिनामिना गरेका थिए। लेखापाल दवाडीले गरेको आर्थिक अनियमितताका बारेमा छानविन गरी ऐन नियम अनुसार कारवाही गरी सरकारी रकम अपचलन गरेको आधार र प्रमाण अनुसार कामकाज गर्न कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले कोषका कार्यकारी निदैशक सुवास चन्द्र जोशीको संयोजकत्वमा ५ सदस्यिय छानविन गरी कारवाही सिफारिश गर्न समिति गठन गरेका थिए। छानविन समितिले कैयन सालको बैंक स्टेटमेन्ट देखि अनेक विषयमा सुक्ष्म अनुसन्धान छानविन गरेको थियो लेखापाल दवाडीले समितिलाई सहयोग गर्नुको बदला आफुलाई खुइलाउन गठित समितिलाई आफ्नो कुनैपनि सहयोग नहुने धम्की दिएका थिए। लेखापाल दवाडीले कोषको रकम रफादफा गदै आएको लामो समय भएपनि उनी माथि कारवाही हुन सकेको थिएन,हालैका दिनमा कोषका सदस्य सचिव डा.थापाले कोष भित्रका कोहीपनि गलत कामकाज गर्नेलाई नछोड्ने कोषको बार्षिकोत्सवमा संस्कृति मन्त्री बद्री प्रसाद पाण्डेको उपस्थितिमा सार्वजनिक घोषणा गरेको मसि सुक्न नपाउंदै कोषलाई रक्त पिपासुले झै तलव सुविधा बुझ्ने अनि रकम हिनामिना गर्ने उपर कारवाही प्रारम्भ गरेका छन्। लेखापाल दवाडीलाई सेवावाट बर्खास्त संगै कोषको हिनामिना भएको रकम असुल उपरका लागि कानुन अनुसार कारवाही समेत गरिने सुत्रले बताएको छ, आर्थिक अनियमिततामा मुछिएका लेखापाल दवाडी पशुपति आर्यघाट क्रियाकर्म गर्ने स्थलमा व्यापारिक व्यवसाय सञ्चालन गदै आएको पशुपति उपभोक्ता सहकारी संस्था लि.को कोषाध्यक्ष समेत हुन स्मरण रहोस सहकारी संस्थाका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान छानविन गरिरहेको छ। सहकारीका बिषयमा विशेष स्थलगत अनुसन्धान रिपोर्ट छिटै सार्वजनिक गरिदैछ,जे होस अव भने पशुपति क्षेत्र विकास कोषमा पदाधिकारी एवं सदस्यहरुलाई देखाएर लुट्न पल्लेका व्वासाहरुको मिति सकिन लाग्यो भनेर सुनिदैछ,ढिलै भएपनि आसा जागेको छ भन्छन एक पाका कर्मचारी, कोषको घाटक्षेत्रमा खटिएका एक कर्मचारीले केहि समय अगाडी पैसा नदिएको आरोपमा एक ब्राह्मण कुटेको आरोप छ ति विवादित कर्मचारीलाई अव के होला भनि कोष भित्र चर्चा चलेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.




प्रतिक्रिया