एक करोड एक दानाको शिवलिङ्ग पशुपतिमा बन्दै
काठमाण्डौं/जेठ १७- आउंदो २०८२ साउन १ गतेदेखि ३१ गतेसम्म अनेक दान-एक समान -कथा र पुराणमा दान र द्रव्य भन्दा भाव चढाऔं अहिले नगरे कहिले गर्ने हामी युवाले सुरु नगरे कस्ले गर्ने भन्दै पशुपति क्षेत्रको ईतिहासमा पहिलोपटक श्रीपशुपतीनाथको महिमा लेखिएको श्रीपशुपतिनाथ महात्म्य सहितको महाअनुष्ठान हुने भएको छ, श्रीपशुपतीनाथ महात्म्यका साथ शिव महापुराण,श्रीमद्भागवत, श्रीमद् देवीभगवत,नेपाल महात्म्य एकसाथ हुने कार्यक्रम रहेको विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समितिका सचिव विश्वनाथ भटृराईले जानकारी दिएका छन । सो महाअनुष्ठानमा व्यासाचार्य किशोर कुमार गौतम,प्रथम महिला कथा व्यास श्री १००८ साध्वी तारा माताजी, युवा कथावाचक पं.टिका सुवेदी,चर्चित गौ संरक्षण अभियान्ता तथा चर्चित कथावाचक पं.नेत्रप्रसाद पराजुली,चर्चित कथावाचिका योगमाया सखी जेरी, सुनिता देवीजीको मुखारविन्दवाट संगितमय कथा श्रवण गर्न सकिने सचिव भटृराईले दिएका छन। सचिव भटृराईका अनुसार सनातन हिन्दुधर्मको ईतिहासमा पहिलोपटक ९ बर्षिया कथावाचिका दिपसना सापकोटावाट दिव्य धार्मिक प्रवचन हुने महाअनुष्ठान हुने स्थलमा १ करोड १ दाना रूद्राक्षवाट १७ फिट अग्लो शिवलिङ्ग निर्माण गरिदैछ पनि छ, त्यस्तै श्री १००८ शालिग्राम भगवान पुजन दर्शन, विभिन्न तिर्थस्थलहरुवाट संकलित जल र बेलपत्र भगवान श्रीपशुपतीनाथलाई चढाउने व्यवस्था समेत आयोजकले मिलाएको सचिव भटृराईले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
like
love
haha
wow
sad
angry
Powered/Developed by Gorkhaly Labs
| © 2025 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.
प्रतिक्रिया