Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार १७:४४ गते

दलित उत्थान संगठनका केन्द्रीय संयोजक अमर आर्य संस्कृति मन्त्रीमा सिफारिस

हिन्दु अनलाईन टिभी
५ महिना अगाडि
२ मिनेट पढ्ने समय

काठमाण्डौं/कार्तिक १० गते- राष्ट्रीय प्रजातान्त्रिक उत्पडित उत्थान संगठनका केन्द्रीय संयोजक नेपाल पुनः हिन्दु राष्ट्र बन्नपर्छ भन्ने महाअभियानका अभियान्ता विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समितिका सक्रिय सदस्य धादिङ्ग निवासी अमर आर्य शुसिला कार्की नेतृत्व सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सिफारिस भएका छन्।                                                                                                                      उत्पडित समुदायवाट यस अघि मन्त्रीका रुपमा प्रस्तावित खगेन्द्र सुनार मन्त्री पदको सपथ नहुदै विवाद परेका कारणले उनको मन्त्री हुने नाम काटिएको थियो,आर्यले सनातन हिन्दुधर्म,संस्कृतिमा छुवाछुत छैन भन्दै उत्पडित समुदायका युवाहरुलाई रक्षाबन्धनका दिन जनै लगाउंदै समाज रुपान्तरणका लागि उल्लेखनीय योगदान दिदै आएका व्यक्ती हुन कोरना महामारी एवं लकडाउनको समयमा राहत वितरणका कार्यमा सक्रिय रहेका थिए।                                                                  उनको नाम मन्त्रीका रुपमा सिफारिसमा परेको सम्बन्धमा हिन्दु आनलाइन संग कुरागंदै आर्यले सनातन हिन्दुधर्म संस्कृतिका क्षेत्रमा काम गर्ने अवसर मिले आफुले सनातन धर्मलाई साक्षी राखेर मन,बचन कर्म बोकेर भगवान श्रीपशुपतीनाथ मनमा राख्दै राष्ट्र सेवा गर्ने दृढता व्यक्त गरेका छन उनको नाम मन्त्रीका रुपमा सिफारिसमा परेको चर्चा संगै विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समिति, हिन्दु जागरण नेपाल, विश्व हिन्दु समन्वय संघ लगाएतका धार्मिक संघसंस्थाले स्वागत र समर्थन जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.