Hindu Online Tv

२०८२ आश्विन २३ बिहीबार ०१:५२ गते

झण्डै ६ करोड उठ्दापनि गण्डकी कोटीहोमको पण्डाल भाडा तिर्न नपुग्ने दावी

हिन्दु अनलाईन टिभी
४ महिना अगाडि
३ मिनेट पढ्ने समय

काठमाण्डौं/जेठ २१गते- पोखरामा जारी विराट कोटिहोममा आजसम्म भक्तजनवाट ५ करोड ६९ लाख ७ हजार ५५५ रूपैया दान रकम संकलन भएको आयोजक संस्थाका प्रमुख बालयोगेश्वर विजयकृष्णले आज पोखरामा जानकारी दिएका छन।                                                                                   उनका अनुसार नगद रसिद मार्फत ४ करोड ५३ लाख १३ हजार ६८ रूपैया, क्युआर मार्फत ३१ लाख ७ हजार २ सय ७३ रूपैया,चेक मार्फत १४ लाख ४१ हजार ७ सय १० रूपैया,जौ चरु भेटीवाट १९ लाख ७४ हजार १ सय ९४ रूपैया,जिन्सीवाट आएको भेटी १४ लाख ८४ हजार ५ सय ६८,गोप्यदान मार्फत २२ हजार ४ सय ७२ रूपैया,दानपेटिकामा ३५ लाख ४४ हजार २ सय ९० रूपैया गरी जम्मा रू-५ करोड ६९ लाख ७ हजार ५ सय ५५ रूपैया आजसम्म प्राप्त गरेको जानकारी दिएका छन्।                                                                                         भक्तजनहरुवाट आजसम्म प्राप्त दान रकमले पण्डालको भाडा तिर्न समेत नपुग्ने विजयकृष्णले दावी गरेका छन, स्मरण रहोस गत साल उनै विजयकृष्णले पशुपतिमा आयोजना गरेको कोटिहोममा पनि २० करोड बढि रकम संकलन गरेको घोषणा गरिएपनि झण्डै ७ करोड घाटा देखाएका थिए अहिले पुनः पोखरा कोटिहोममा पनि करौडौ रूपैया घाटा हुनु संयोग मात्र होकि अरु केहि पो छकि भन्छन जानकारहरु यसको वास्तविकता आयोजक संस्था र उनै विजयकृष्णलाई मात्र थाहा हुनसक्छ।                                                                               करौडौ करोड घाटा परेको दावी गरिएपनि विजयकृष्ण महाराजश्रीले आर्थिक विवरण संगै प्रदेशहरु सहित राजधानी काठमाण्डौं र पोखरामा पुनः कोटिहोम आयोजनादेखि विभिन्न महत्वाकांक्षी योजना समेत घोषणा गरेका छन् के करौडौ रूपैया घाटा परेको दावीका साथ पटक/पटक कोटिहोम,महायज्ञ लगाएतका कार्यक्रम गर्न रकम कसरी कुन श्रोतवाट गरिन्छ यसका पछाडी कोको छन यसवारेमा गम्भिर सोचनिय बिषय बनाउनु पर्ने चर्चा धार्मिक क्षेत्रमा चलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

  • ताजा समाचार
  • लोकप्रिय
  • Powered/Developed by Gorkhaly Labs

  • | © 2025 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.