Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार १८:०५ गते

डा.विश्वनाथ पौडेल १८ औं गर्भनर नियुक्त

हिन्दु अनलाईन टिभी
१० महिना अगाडि
२ मिनेट पढ्ने समय

काठमाण्डौं/जेठ-६-आज बसेको मन्त्रिपरिषदको बैठकले लामो समयवाट रिक्त रहेको नेपाल राष्ट्र बैंकका १८ औं गर्भनरमा डा.विश्वनाथ पौडेललाई नियुक्त गरेको छ,यस अघि आजै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको गर्भनर नियुक्ती सिफारिश समितिको बैठकले राष्ट्र बैंकका कायममुकाम गर्भनर निलम ढुंगाना र पूर्व सचिव दिनेश भट्टराईको नाम शिफारिश गरेको थियो ‌।                                                        हिजो बसेको मन्त्रिपरिषदको बैठकमा गर्भनर नियुक्तीको बिषयमा नेपाली कांग्रेस र नेकपा एमालेका मन्त्रीहरुका विवाद उत्पन्न भएपछि बैठक स्थगित भएको थियो आज बिहान नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरवहादुरका भेटपछि गर्भनर नेपाली कांग्रेसको चाहना अनुसारको व्यक्तिलाई नियुक्त गर्ने सहमती बनेको थियो।                                                                                                                         सरकारको प्रमुख आर्थिक सल्लाहकारका रुपमा गर्भनरलाई लिने गरिन्छ सरकार जोगाउन प्रधानमन्त्री र अर्थमन्त्री इतरका व्यक्तीलाई गर्भनर नियुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओली बाध्य भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.