Hindu Online Tv

२०८३ बैशाख ३ बिहीबार २१:०४ गते

ॐ‌ सनातन बोन झांक्री संघको अध्यक्षमा रोज मोक्ताङ्ग चयन !

हिन्दु अनलाईन टिभी
९ महिना अगाडि
२ मिनेट पढ्ने समय

काठमाण्डौं/असार २३ गते- नेपाल सहित विश्वभर रहेकावैदिक,बौद्ध,जैन,शिख,बोन,किंरात प्रकृति पुजक ॐकार परिवारका धामी,झांक्री,माता,गुरु,ज्योतिषहरुलाई एउटै साझा चौतारीमा समेट्ने उद्देश्यका साथ ॐ सनातन बोन झांक्री संघ नेपाल समाजसेवी रोज मोक्ताङ्गज्युको अध्यक्षता तर्दथ समिति घोषणा गरेको छ।                                                       राजधानीको मित्रपार्कमा भएको बृहत भेलाले मोक्ताङ्गको अध्यक्षतामा १५१ सदस्यिय केन्द्रीय समिति निमार्ण गर्ने उदघोषका ११ सदस्यिय कार्य सम्पादन समिति समेत घोषणा गरिएको भेलावाट अध्यक्ष चयन हुनुभएका मोक्ताङ्गले जानकारी दिएका छन,उनका अनुसार नवगठित संघमा आवद्ध हुन राजधानी सहित देश बिदेशवाट सयौं जनाले अनलाईन मार्फत फर्म भरि रहेको जानकारी दिए।                                                                                                         प्रस्तावितॐ सनातन  बोन झांक्री संघ नेपाललाई प्रचलित ऐन,नियम अनुसार कानुनी मान्यता लिन अध्यक्ष मोक्ताङ्ग,सचिव शीला लामिछाने, उपाध्यक्ष गहेन्द्र ठकुरी लगाएतलाई भेलाले जिम्मेवारी दिएको छ,नवगठित संघलाई सवै धर्म सम्प्रदायको साझा मञ्च तयार गरिने भेलामा सहभागीहरुले एकसाथ बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Powered/Developed by Gorkhaly Labs

  • | © 2026 एस.सालिन मिडिया प्रा.लि. All Rights Reserved.